वुटवलमा १५ शैयाको नयां अस्पताल सन्चालनमा

प्रकाशित मिति:

बुटवल, चैत । बुटवल–८ श्रवणपथमा नीजि क्षेत्रको नयाँ हस्पिटल सञ्चालनमा आएको छ । १५ शैयाको आफ्नै भवनमा साझा हस्पिटल प्रालि सञ्चालनमा आएको हो । शनिवार बुटवलमा पत्रकार सम्मेलन गरी अस्पतालका अध्यक्ष डा. शान्ता शर्माले पहिलो चरणमा विरामीहरुको लागि निःशुल्क टिकटको व्यवस्था गरिएको जानकारी दिइन् । उनका अनुसार नेपाल सरकार स्वाथ्य मन्त्रालयको सबै मापदण्ड पुरा गरी अस्पताल सञ्चालनमा आएको हो । १४ जना विशिष्टकृत विशेषज्ञ चिकित्सकहरुले सेवा प्रदान गर्ने गरी अस्पताल सञ्चालनमा ल्याइएको अस्पतालका सञ्चालक डा. ईन्द्र ढकालले जानकारी दिए । वि.सं. २०७८ सालसम्म अस्पतालले आफ्नै नीजी भवनमा अस्पातल सञ्चालन गर्नुपर्ने सरकारको नीति अनुसार नै आफुहरुले अस्पताल सञ्चालनमा ल्याएको सञ्चालक डा. ढकालले बताए ।

निकट भविश्यमा अस्पतालमा शैया र सेवा थप्न सकिने गरी योजना बनाइएको अस्पतालका अध्यक्ष डा. शान्ता शर्माको भनाई छ ।  सेवा शुभारम्भ गरेको अवसरमा अस्पतालले निःशुल्क विशेषज्ञ परामर्स सेवा समेत प्रदान गर्ने भएको छ । जनरल होलबडी प्योकजमा २ हजार २ सय, होलबडी स्पेशल प्योकजमा ३ हजार ५ सय रुपैयाँमा सेवा उपलब्ध गराइएको छ । यहि चैत १७ गते देखि ३० गते सम्म सम्पूर्ण चेँक जाँचमा समेत विशेष छुटको व्यवस्था अस्पतालले मिलाएको छ । आगामी दिनमा आईसीयु, एनआईसीयु को सेवा सहित आफ्नै एम्बुलेन्स समेत सञ्चालन गर्ने योजना बनाइएको सञ्चालक पर्शुराम ढकालले जानकारी दिए ।  विरामीको लागि मेडिकल,सर्जिकल,अर्थोपेडिक, गाईनोकोलोजी,न्यूरोलोजी, पेडियाट्रिक लगायतका विशेषज्ञ सेवा सहित ईमरजन्सी, ल्याब, फार्मेसी र डिजिटल एक्स रे सेवाहरु समेत प्रदान गर्ने अस्पतालले जनाइएको छ ।