निशुल्क एकदिने स्वास्थ्य शिविर सम्पन्न

१७ चैत्र २०७५, आईतवार ०   बिचार / प्रतिक्रिया
84 Shares


बुटवल, चैत्र  – बुटबल औद्योगिक क्षेत्र उद्योग संघ तथा गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको संयुक्त आयोजनामा निशुल्क एकदिने स्वास्थ्य शिविर सम्पन्न गरिएको छ । बुटवल १० रामनगरस्थीत औैद्योगिक क्षेत्रमा संचालित उद्योगमा कार्यरत मजदुरहरुलाई लक्ष्ँित गरि शिवीर आयोजना गरिएको हो ।  शिबिरको उद्घाटन गर्दै बुटबल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले औद्योगिक क्ष्ँेत्रमा कार्यरत मजदुरहरुलाई लक्षित गरि आयोजना गरिएको शिविरबाट मजदुर वर्ग लाभान्वित भएको बताए ।  नगरप्रमुख सुवेदीले गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले विभिन्न संघसंस्थाहरुको सहकार्यमा संचालन गरेका निशुल्क शिविरबाट नागरिकहरुमा स्वास्थ्यप्रति सचेतना समेत बढाएको भन्दै उपमहानगरपालिकाबाट पनि यस्ता कार्यहरुमा आवश्यक सहयोग रहने बताए ।  उनले व्यवसायी र श्रमिकहरुको सहकार्य भएमात्र औद्योगिक क्षेत्रको बिकास हुने भन्दै सबै मिलेर औद्योगिक क्षेत्रको बिकासबाट देशको समृद्धिको लागि लाग्नुपर्ने बताए ।  कार्यक्रममा बोल्दै गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष तथा औद्योगिक क्षेत्र उद्योग संघका पूर्व अध्यक्ष एजाज आलमले मुटु अस्पतालले सुरुवातमा मुटु रोगको उपचार शुरु गरेपनि अहिले अस्पतालले हरेक खालको उपचार गराउदै आएको बताए ।

आलमले मानिसले आफुलाई स्वस्थ राख्न वर्षमा कम्तिमा एकपटक चेकजांच गराउनु आवश्यक रहेको बताए । मुटु अस्पतालले हरेक ठाउंहरुमा निशुल्क शिवीर मार्फत सर्वसाधारणको स्वास्थ्य परिक्षण गराउदै आएको र सोही अनुरुप सधै काममा मात्र व्यस्त रहने श्रमीकहरुलाइ लक्षित गरेर औद्योगिक क्षेत्रमा शिविर संचालन गरेको बताए ।  कार्यक्रमकै अवसरमा गौतमबुद्ध सामुदायिक मुटु अस्पताल र बुटबल औद्योगिक क्षेत्र उद्योग संघविच पांचबुंदे सहमति समेत गरिएको छ । औद्योगिक क्षेत्रमा संचालनमा रहेको निशुल्क क्लिनिकलाइ मुटु असपतालले प्राविधिक सहयोग गर्ने र दैनिक रुपमा आवश्यक चिकित्सक व्यावस्थापन गर्ने लगायतका सहमति गरेको छ ।
कार्यक्रममा अस्पतालका निर्देशक तथा वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर समिर गौतम, संघका अध्यक्ष हिरामणि भट्टराई, उपाध्यक्ष उपेन्द्र अग्रवाल, सचिव नेत्रनारायण भण्डारी लगायतले मन्तव्य व्यक्त गरेका थिए । शिवीरमा ४ सय ४८ जनाको स्वास्थ्य परिक्षण गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया