तिलोत्तमामा नेकपा द्वारा टोल कमिटी निर्माणलाई तीव्रता

प्रकाशित मिति:

तिलोत्तमा,रुपन्देही -नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तिलोत्तमाले टोल कमिटी निर्माणलाई तीव्र पारेको छ । फागुनमा शाखा कमिटी गठन सम्पन्न गरेको नेकपाले चैत लागेदेखि टोल कमिटी निर्माणमा जुटेको हो । अहिलेसम्म ८२ वटा टोल कमिटी निर्माण सम्पन्न भएको नगर अध्यक्ष मोहन चापागाईंले जानकारी दिए ।उनका अनुसार शनिबार मात्रै सात वटा टोल कमिटी निर्माण गरिएको छ । जसअनुसार १, २ र ८ मा २–२ वटा टोल कमिटी निर्माण गरिएको छ ।

तिलोत्तमा नगरपालिकाका १७ वटै वडामा एक साताभित्रै टोल कमिटी निर्माण गरिसक्ने नेकपाको योजना छ । “करिव एकसय ३० वटा टोल कमिटी निर्माण गर्ने योजना छ, एकसाताभित्र सबै टोल कमिटी निर्माण सकिन्छ”–नगर अध्यक्ष चापागाईंले भने । नेकपाका नगर सचिव लक्ष्मण खनालका अनुसार सबैभन्दा धेरै टोल कमिटी वडा नम्बर ३ र ११ मा गठन गरिएको छ । वडा नम्बर ३ मा १० वटा टोल कमिटी निर्माण गरिसकिएको छ भने दुईवटा टोल कमिटी निर्माण बाँकी छ । त्यस्तै वडा नम्बर ११ मा ११ वटा टोल कमिटी रहेका छन् । जसमा एउटा टोल कमिटी निर्माण हुन बाँकी छ ।

शनिबार तिलोत्तमाको २ नम्बर वडामा ने.क.पा. १ नम्बर टोल कमिटी गठन भएको छ । जसको अध्यक्ष लेखनाथ भट्टराई, सचिवमा कृष्ण सुवेदी र सदस्यहरुमा धर्म के.सी, गोपाल थापा, सरस्वती घिमिरे, भगवती तिवारी घिमिरे, तेज बहादुर अर्गजा, मिना अधिकारी, कमला कँवर, माया पाण्डे, राम प्रसाद गौतम, दयाराम तिवारी, भगवती पौडेल, टुमन बहादुर कार्की, हरि प्रसाद बस्याल, मन्जु चापागाईं, नुमा बस्याल, निर्मला खत्री, कमल पाण्डेलगायत रहेका छन् । त्यस्तै नेकपा तिलोत्तमा ७ भलवारी पश्चिममा पनि शनिबारै टोल कमिटी गठन गरिएको छ । जसको अध्यक्षमा गुरु प्रसाद पंगेनी, सचिवमा जानुका घिमिरे र सदस्यहरुमा प्रकाश पन्थ, बिष्णु गौतम, राधा न्यौपाने, ज्ञानु पंगेनी, मन्जु नेपाल, तुल्सी नेपाल, जीवन भुसाल, विष्णु अर्याल, नर्मदा बराल, खुमी थापा, निर्मल ढकाल रहेका छन् । टोल भेलामा नेकपाका नेता देवि प्रसाद पाण्डे, सुरेन्द्र श्री, माधव बस्नेत, केशव गौतम, विमला गुरुङ, जीवन भन्डारी लगायतले बोलेका थिए ।नेकपा नगर अध्यक्ष चापागाईंले पार्टी संगठनलाई बलियो बनाउन तल्ला कमिटीहरुको विशेष भूमिका हरने भएकाले तिलोत्तमामा टोल कमिटी निर्माणलाई विशेष प्राथमिकता दिएर अघि बढाइएको बताए । नगर सचिव खनालले अव नवगठित टोल कमिटी टोल टोलमा विकास निर्माण अभियानमा खटिने जानकारी दिए ।