बालबालिकाको सपना विमोचन

प्रकाशित मिति:

भैरहवा-अनामिका बस्याल जैसवालद्धारा लेखिएको बालबालिकाको सपना नामक पुस्तक शनिबार भैरहवामा विमोचन भएको छ । भैरहवा निवासी लेखिका बस्यालले साना कलिला बालबालिकाको बालमनोविज्ञालाई समेटेर उक्त पुस्तक तयार पारेकी हुन् ।सिद्धार्थ साहित्य परिषद सिद्धार्थनगर, रुपन्देहीको आयोजनामा आयोजित पुस्तक लोकापर्ण कार्यक्रममा प्रदेश नम्बर ५ सरकारका उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री लिला गिरीले विमोचन गरेका थिए ।

पुस्तकको विमोचन पश्चात मन्त्री गिरीले उक्त पुस्तकले बाल मनोविज्ञानमा आधारित भएर लेखिएको पुस्तकले धेरै कुरा सिकाउने विश्वास व्यक्त गरे । पुस्तक माथी टिप्पणी गर्दै रुपन्देही क्याम्पसका सहायक क्याम्पस प्रमुख पार्थिवेन्द्र उपाध्यायले बालबालिको अध्ययनको लागि पुस्तक अत्यन्तै महत्वपुर्ण भएको बताए ।सिद्धार्थ साहित्य परिषदका अध्यक्ष डिल्लीराज भट्टराईको सभापतित्व, उपाध्यक्ष विजय पाण्डेको स्वागत तथा सचिव लक्ष्मी प्रसाद अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।