तरकारीको विउ वितरण

प्रकाशित मिति:

नारद कोहार,कपिलबस्तुजिल्लामा व्यवसयिक सक्षारता कक्षाका सहभागिलाई तरकारीको विउ वितरण गरिएको छ । कपिलबसतु नगरपालिका वडा नं. १० पिपरामा रहेको मिलिजुली कृषक समुहमा विभिन्न जातको तरकारीका विउ वितरण गरिएको हो ।

किसान २ परियोजना द्धारा पिपरामा सञ्चालित व्यावसयिक साक्षरता कक्षाका सहभागी कृषकहरुलाई प्रोत्साहन र व्यावसायिक तरकारी खेतीलाई प्रवर्धन गर्नका लागि विउ वितरण गरिएको हो । कार्यक्रममा कृषक समुहका २४ जना सहभागीहरुलाई रु. दशहजार बराबरको बिउ वितरण गरिएको थियो । विभिन्न कृषक समुहका सहभागीहरुको आय आर्जनको स्तर उकास्न कृषि पेशालाई व्यवस्थित र व्यावसायिक बनाउनका साथै उनीहरुको साक्षरता अभिवृद्धि गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो । उक्त कायृक्रमा वडा अध्यक्ष मोहन प्रसाद शर्माले आउने दिनहरुमा समेत यस प्रकारका कृषक समुहहरुलाई थप सहयोग गर्ने बताउनुभयो ।

व्यावसायिक सीपसँगै सहभागीहरुकोपोषण, सरसफाई, गणितीय लगायत अन्य विविध पक्षमा सुधार ल्याउने उद्देश्यले सो कार्यक्रम सञ्चालन गरिएको लिट्रेसी विजनेस स्कील अफिसर अशोक चन्द्र लम्सालले बताए ।सो कार्यक्रममा क्षेत्रीय व्यावसाय प्रबन्धक प्रकाश काफ्लेले कृषकहरुको हकहितको लागि आउने दिनहरुमा समेतप रियोजनाको तर्फबाट समन्वय र सहकार्य गरी अगाडि बढ्ने प्रतिवद्यता ब्यक्त गरेका थिए । त्यस्तै किसान २ परियोजना कपिलबस्तुका क्षेत्रीय संयोजक शिव नरायण शाहले बीउ बिजनको गुणस्तर संगै आवश्यक प्राबिधिक ज्ञानहरुको महत्ववारे प्रकाश पारेका थिए । मिलिजुली व्यवसायिक साक्षरता कक्षाका व्यवस्थापन समितिका अध्यक्ष विश्राम थारुको अध्यक्षता, वडा अध्यक्ष मोहन शर्माको प्रमुख अतिथ्यता, क्षेत्रीय व्यावसाय प्रवन्धक प्रकाश काप्ःले र क्षेत्रीय कार्यक्रम संयोजक शिवनारायण शाहको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।