सहकारीद्वारा आर्थिक सहयोग

प्रकाशित मिति:

भैरहवा -६२ औं राष्ट्रिय सहकारी दिवस २०७५ को अवसरमा लुम्बिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड सिद्धार्थनगर–१२, रूपन्देहीले आर्थिक सहयोग प्रदान गरेको छ । सहकारीले तिलोत्तमा नगरपालिका–१५, कोटिहवा स्थित नेपाल अविनाश अनाथ आश्रमको निर्माणाधिन भवनका लागि १० हजार १ सय ५ रुपैंया सहयोग गरेको हो ।

कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष तेज बहादुर थापाले सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरिएको र आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने बताए । कार्यक्रममा साकोसका उपाध्यक्ष बालकृष्ण बस्याल, आश्रमका सचिव तारा नेपाल लगायतले बोलेका थिए ।सहकारीका अध्यक्ष तेज बहादुर थापाको अध्यक्षता, आश्रमका अध्यक्ष कृष्ण प्रसाद ज्ञवालीको प्रमुख आतिथ्यता तथा सहकारीका सचिव लक्ष्मण ज्ञवालीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सहकारी संस्थाका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, कर्मचारी तथा संस्थाका शेयर सदस्यहरुको उपस्थिति रहेको संस्थाका प्रबन्धक राम प्रसाद बरालले जानकारी दिए ।