दुर्घटनामा एकजनाको मृत्यु

प्रकाशित मिति:

बुटवल-कपिलवस्तुको चन्द्रौटामा सडकमा रोकिराखेको ट्रकमा ठोक्किएर एक मोटरसाइकल चालकको मृत्यु भएको छ । पुर्व पश्चिम राजमार्गमा रोकेर राखिएको ना ७ ख ४१२२६ नंं.को ट्रकमा लु ४८ प ६९४८ नं.को मोटरसाइकल ठक्कर खान पुगेको थियो ।

उक्र दुर्घटनामा परेर मोटरसाइकलचालक २० वर्षिय सोनु थारुको मृत्यु भएको ५ नंं. प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । दुर्घटनापछि ट्रकचालकलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको  प्रहरीले जनाएको छ ।