बुहारीलाई खुकुरी हान्ने पापी ससुरा पक्राउ

प्रकाशित मिति:

उदयपुर –  प्रहरीले आफ्नै बुहारी ३० वर्षीया चन्दा राईलाई खुकुरी प्रहार गरेको अभियोगमा उदयपुरको बेलका नगरपालिका–२ बानडाँडा बस्ने सितुमान राईलाई शनिबार दिउँसो पक्राउ गरेको छ ।

घरायसी बिवाद हुँदा उनले बुहारीलाई खुकुरी प्रहार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी भागलपुरबाट खटिएको प्रहरीले उनलाई एक थान खुकुरीसहित पक्राउ गरेको हो । टाउकोमा चोट लागेर घाइते भएकी चन्दालाई उपचारको लागि धरान घोपा लगिएको छ । घाइते चन्दा बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले बताएको छ ।