सरकारले खेलकुद क्षेत्रलाई महत्व दिनुपर्छ – महाधिवेशन प्रतिनिधि श्रेष्ठ

दुईतिहाइ सरकारले खेलकुदको विकासलाई बिशेष महत्त्व दिएर देशको पहिचान बढाउनुपर्ने

प्रकाशित मिति:

प्रकाश अधिकारी तनहु । तरूण नेता तथा नेपाली कांग्रेस दाङका महाधिवेशन प्रतिनिधि महेश श्रेष्ठले दुईतिहाइ सरकारले खेलकुदको विकासलाई बिशेष महत्त्व दिएर देशको पहिचान बढाउनुपर्ने बताएका छन्। तनहुँको व्यास नगरपालिका वडा न।१ को दोभाव युवा क्लबले शुक्रबारदेखि आयोजना गरेको सेभेन ञएझ साइड फुटबल प्रतियोगिताको उद्घघाटन सत्रमा मन्तव्य राख्दै उक्त कुरा बताएका हुन्। कांग्रेसको सरकारले सधैं खेलकुद क्षेत्रको विकासमा ध्यान दिने हुदा यश सरकारले पनि खेलाडीको चाहनालाई मध्यनजर गर्दै खेल क्षेत्रको विकासमा कार्ययोजना बनाएर अगाडि बढ्नुपर्ने श्रेष्ठको भनाइ थियो।