महर्जनलाई कराते महासंघको अध्यक्ष बनाउन अधिकांश खेलाडीहरू लबिङमा

प्रकाशित मिति:

प्रकाश अधिकारी तनहु । कराते महासंघको आगामी निर्वाचनमा अध्यक्ष पदको उम्मेदवारी घोषण गरेका राष्ट्रिय खेलकुद परिषदका पूर्व कोषाध्यक्ष तथा अन्तर्राष्ट्रिय रेफ्रि मिनकृण्ण महर्जन देशव्यापी करातेका खेलाडीहरूलाई आफ्नो पक्षमा पार्न भेटघाट र सम्पर्क बढाउन थालेका छन्। कराते महासंघको अध्यक्षको उम्मेदवार घोषण गरेका महर्जनको उम्मेदवारीले खुसी हुँदै अधिकांश खेलाडीहरु महर्जनलाई विजयी गराउन लबिङमा लागेका छन्।  खेलाडीहरु माझ लोकप्रिय रहेका महर्जनले खेलकुद क्षेत्रको विकास गर्न, खेलाडी बिचको विवाद हटाउन, महासंघ भित्र मौलाएको विकृति र विसङ्गतिलाई जरैदेखि निर्मूल पार्न अध्यक्षमा उमेद्वारी दिएको जानकारी गराउदै आएका छन्। छोटो समय खेलकुद परिषद्को कोषाध्यक्ष भएपनि महर्जनलाई कांग्रेस निकट मात्र नभई अन्य पार्टीमा आबद्ध युवाहरु तथा खेलाडीले रूचाउने गर्दछन्।