ब्राह्मण समाज नेपालको केन्द्रीय अधिबेशन रुपन्देहीमा सम्पन्न

प्रकाशित मिति:

रुपन्देही-ब्राह्मण समाज नेपालको केन्द्रीय अधिबेशन २०७५ चैत्र १५ र १६ गते रुपन्देहीमा सम्पन्न भएको छ । तिलोत्तमाको पश्चिम पहुनीस्थित मोक्षधाम सेवा आश्रममा सम्पन्न अधिवेशनले कास्कीका प्रा. डा. नारायणप्रसाद अधिकारीको अध्यक्षतामा १२१ सदस्य नयाँ कार्यसमिति चयन गरेको छ ।

सो समितिका सहअध्यक्षमा रूपन्देहीकै तिलोत्तमाका रोमणीप्रसाद पाठक चयन हुनुभएको छ । त्यसैगरी, पर्वतका ओम शर्मा चापागाईँ महासचिवमा निर्वाचित हुनुहुन्छ ।समितिका २ जना वरिष्ठ उपाध्यक्षमा झापाका वासुदेव भट्टराई र बुटवलका माया पाठक निर्वाचित हुनुभएको छ । त्यसैगरी उपाध्यक्षमा झापाका डिल्लीराम उप्रेती, पर्साका देवनाथ उपाध्याय, चितवनका ध्रुवराज अर्याल, जुम्लाका रमानन्द न्यौपाने, कास्कीका महेश पराजुली, कञ्चनपुरका देवनाथ भट्ट निर्वाचित हुनुभएको छ । त्यसैगरी, कास्कीका पृथ्वी पौडेल निर्वाचित हुनुभएको छ ।

उक्त अधिबेशनले जातिय आरक्षण खारेज गर्नु पर्ने, आदिबाशीमा सुचिकृत गरिनु पर्ने, धर्म निरपेक्षता खारेज गर्नु पर्ने, धर्मान्तरण रोकिनु पर्ने लगाएतका १० बँदे घोषणा पत्र जारी गरेको छ ।त्यसैगरी, समाजमा आवद्ध रहेर आफ्नो बिशिस्ट पहिचान कायम राख्न सम्पुर्ण ब्राह्मण समुदायलाई आह्वान गरिएको छ । उक्त अधिबेशनमा जम्मा ६१ जिल्लाको सहभागिता रहेको थियो ।