राप्रपाको अर्को अभियान, हिन्दु राष्ट्रका लागि हस्ताक्षर

प्रकाशित मिति:

बुटवल -हालै हिन्दु राष्ट्र र राजसंस्थाको माग सहित मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा सकाएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पुन अर्को अभियानमा जुटेको छ । मुलुकमा हिन्दु राष्ट्र पुर्नस्थापनाको माग दोहर्याउँदै राप्रपाले देशैभर आईतबार दवाव स्वरुप हस्ताक्षर अभियान थालेको छ ।

बुटवल देशभर हस्ताक्षर संकलन अभियान सुरु गरेको राप्रपाले जनाएको छ । ८१ प्रतिशत हिन्दु राष्ट्र रहेको नेपाललाई धर्मनिरपेक्ष बनाएर नेपालीमाथि घात गरेको तर्क सहित राप्रपा यो अभियानमा जुटेको दावी गरेको छ । प्रदेश नम्वर ५ को राजधानी बुटवलको बुटवल उपमहानगष्रपालिकाको कार्यालय अगाडी आईतबार झन्डै २ घन्टा हस्ताक्षर अभियान चलायो ।
पुर्वमन्त्री निरञ्जन थापा, केन्द्रिय सदस्य तथा प्रदेश संयोजक प्रदीप कुमार उदय लगायतका नेताहरुले हस्ताक्षर गरी अभियानको सुरुवात गरेका छन ।

आईतबारदेखि शुरु भएको हस्ताक्षर अभियान एक हप्तासम्म सञ्चालन हुने राप्रपाका केन्द्रीय सदस्य एव्म प्रदेश इन्चार्ज उदयले जानकारी दिए । उनले नेपाललाई धर्मनिरपेक्ष बनाएर राष्ट्रियतामाथि प्रहार गर्ने काम भएको बताउँदै यो अभियान समग्र हिन्दुहरुको भएको बताए । प्रदेश ५ को राजधानी बुटवल सहित १२ वटै जिल्लामा हस्ताक्षर संकलन गरिएको छ । राप्रपाले संकलित हस्ताक्षर चैत्र २३ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउने छ । साभार प्रदेश खवर एजेन्सी