सुनचाँदी व्यवसायमा स्पष्ट ऐनको अभाव

प्रकाशित मिति:

बुटवल -सरकारको नितिका कारण सुनचाँदी व्यवसायीहरुले झन्झट भोग्नुपरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले गुनासो गरेको छ । रुपन्देहीको मणिग्राममा सोमबारदेखि शुरु हुन लागेको महासंघको केन्द्रीय छैठौं बार्षिक साधारणसभाको पूर्वसन्ध्यामा आईतबार बुटवलमा आयोजित पत्रकार सम्मेलन मार्फत यस्तो गुनासो गरिएको हो ।

नेपालको रोजगारी सृजनाको हिसाबले सुनचाँदी व्यवसाय ठूलो व्यवसाय रहेकाले यसको दीगो व्यवीथापनमा सरकारले ध्यान दिन नसकेको महासंघको ठहर छ । महासंघका अध्यक्ष मोहन कुमार सुनारले सुनचाँदी व्यवसयालाई गुणस्तरीय र विश्वसनीय बनाउन आफूहरुले काम गर्दै आएको भएपनि राज्यको नितिका कारण कयौं समस्या भोग्नुपरेको बताए ।
महासंघका प्रवत्ता एव्म प्रचार प्रसार समितिका संयोजक मनोज कुमार शाहले वार्षिक ५० अर्बको कारोबार हुने सुनचाँदी व्यवसायमा स्पष्ट ऐन नहुँदा अन्यौल रहेको बताए । उनले सुनचाँदी र गरगहनाहरु देश भित्र ओसार पसार गर्दा पक्राउ गर्ने र राजश्व अनुसन्धान विभागमा लगेर बुझाउने गर्दा ब्यवसायीहरुलाई अप्ठ्यारो भएको समेत बताए ।

सुनचाँदीको कारोबारमा महँगो धातु भएको कारणले बार्षिक टर्न ओभर धेरै हुने तर मुनाफा कम मात्र हुने भएकोले धेरै ब्यवसायीहरु करको मारमा परेका विज्ञप्तिमा उल्ल्ेख छ । महासंघका बरिष्ठ उपाध्यक्ष मालिकरत्न शाक्यले नेपालमा सुनको माग अनुसार आपूर्ती नभएको भन्दै सरकारले खुल्ला बजार नितिलाई अगाल्न नसकेको बताए । उनले दैनिक ३० देखि ३५ किलो सुन खपत हुने भएपनि २० किलो मात्रै आयात भएकाले सुनमा कालोबजारी बढ्न सक्ने बताए । सो अवसरमा महासंघले झिटी गुन्टा भारीको प्रावधान विदेशबाट व्यक्ति र बैंकले सुनमा भन्सार समदरको भन्सार लगाउन माग गरेको छ ।रुपन्देही सुनचाँदी व्यवसायी संघको आतिथ्यतामा मणिग्राम स्थित ड्रिमल्याण्ड होटलमा साधरणसभा हुन लागेको हो । साधारणसभाको अर्थमन्त्री युवराज खतिवडाले उद्घाटन गर्ने कार्यक्रम छ । मंगलबारसम्म चल्ने साधरणसभामा सहभागी हुन दैशभरबाट सुनचाँदी व्यवसायीहरु रुपन्देही आइपुगेका छन । महासंघले आईतबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरि अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको महासचिव धर्म सुन्दर ब्रज्रचार्यले जानकारी दिए । साभार प्रदेश खबर एजेन्सी