कपिलवस्तुको विद्यानगरमा गोली प्रहारबाट एक जनाको मृत्यु

प्रकाशित मिति:

सबलपोस्ट -कपिलवस्तुको कृष्णनगर नगर नगरपालिका वडा नं. १० विद्यानगरमा अपरिचित व्यक्तिको गोली प्रहारबाट स्थानीय ४५ वर्षीय पारस पुरीको मृत्यु भएको छ ।छातीमा गोली लागेका गम्भीर घाईते पुरीको उपचारको लागि बुटवल लगिएको थियो । पुरीलाई घर नजिकै अपरिचित व्यक्तिले गोली प्रहार गरी भागेको प्रहरीले जनाएको छ ।

प्रहरीले सीमा क्षेत्रका सवै नाकाहरुमा सुरक्षा चेकजांच कडा बनाई घटनामा संलग्न रहेकाहरुको तिव्र रुपमा खोजी भई रहेको प्रहरी उपरीक्षक अच्युतम् पुडासैनीले बताउनु भयो ।मृतक पुरी वैदेशिक रोजगारीमा युवाहरुलाई पठाउने पेशामा आवद्ध थिए