बलात्कारमा अब फाँसीको सजाय

प्रकाशित मिति:

अब कानुनत : १२ बर्ष भन्दा कम उमेरका बच्चालाई बलात्कारको सजाय मृत्युदण्ड हुने भएको छ तर यो समाचार नेपालको भने हैन । छिमेकी देश भारतको आपराधिक कानुन बिधेयक २०१८ लोकसभाबाट पारित भएसँगै अब कानुनका १२ बर्ष भन्दा कम उमेरका बच्चासँगको करणीमा मृत्युदण्डको प्रावधान राखिएको छ । जसमा १६ बर्ष भन्दा कम उमेरकी किशोरी करणीमा २० बर्षको कठोर सजाय समेत उल्लेख छ । सोमबार लोकसभामा सबै दलको सहमतीमा उक्त बिधेयक पास भएको छ । अब यो बिधेयक राज्यसभा पनि पेश हुनेछ । राज्यसभामा पास भए पछि यसले कानुनको रुप लिनेछ । गृहराज्य मन्त्री किरण रिजिजुले पछिल्ला केही बलात्कारका घटनाले कानुन संसोधनमा बाध्य पारेको बताए ।