बारा–पर्साका पीडितलाई उद्धार र राहत प्रदान गर्न पौडेलको माग

प्रकाशित मिति:

काठमाडौ – बारा र पर्सा जिल्लामा भएको बिनाशकारी क्षतिप्रति नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दुःख व्यक्त गर्दै राहतका लागि नेपाल सरकारसँग माग गरेका छन् । आइतबार राति अचानक आएको हावाहुरीबाट बारा र पर्सामा २७ जना सर्वसाधारणले ज्यान गुमाउनुका साथै चार सयभन्दा धेरै घाइते भएका छन् । मृत्यु हुनेको संख्या बढ्न सक्ने स्थानीय प्रहरीको भनाइ छ ।

कांग्रेस नेता पौडेलले आइतबार बिहान बारा र पर्सा जिल्लामा भएको मानवीय क्षतिबाट नेपाली कांग्रेस र आफू निकै मर्माहत भएको बताएका छन् ।‘यो प्रकृतिक विपत्तीबाट नेपाली कांग्रेस अत्यन्तै मर्माहत भएको छ’, पौडेलले भनेका छन्, ‘मृत्तकका आफन्तलाई क्षतिपूर्ति र घाइतेको उपचार तथा राहतका लागि सरकारसँग आग्रह गर्दछु ।’ कांग्रेसका वरिष्ठ नेता पौडेलले बारा र पर्सा जिल्लाका पीडितहरूको उद्धार र राहतका लागि खटिन नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूलाई अपिल गरेका छन् ।