रगत अभाव भएपछि नेपाली सेना र प्रहरीका जवानहरुले गरे रक्तदान

प्रकाशित मिति:

काठमाडौं – आइतबार साँझ आएको हावाहुरीका कारण बारा र पर्सामा रगतको अभाव भएको छ । रगत अभाव भएपछि नेपाली सेना र प्रहरीका जवानहरुले रक्तदान गर्न थालेका छन् । गृह मन्त्रालयका अधिकारीहरुका अनुसार वारा र पर्सामा रक्तसञ्चार केन्द्रमा सेना र प्रहरीका जवानहरुले मध्यरात रक्तदान गरेका छन् । रातभर प्रभावित क्षेत्रमा सेना र प्रहरी राहत तथा उद्दारमा खटिएका छन् । विपतका बेला सेना र प्रहरीका जवानहरुले विगतमा पनि रक्तदान गर्दै आएका छन् ।

हावा हुरीका कारण बारा र पर्सामा कम्तीमा ३१ जनाको मृत्यु भएको छ । भने चार सय भन्दा बढी घाइते भएका छन  । एक्कासी तीव्र गतिको हावा चलेकाले सर्वसाधरणको भागदौड मच्चिएको थियो । कतिपय घरमै बसेका व्यक्तिको समेत घर भत्किएर मृत्यु भएको प्रहरीले जनाएको छ । तराईका अन्य जिल्लामा पनि हावाहुरीबाट सर्वसाधरण प्रभावित भएपनि ठूलो क्षति नभएको प्रहरीले जनाएको छ ।