‘आँधी आए तराईमा पहाडले छेक्नुपर्छ’ भन्दै गगन थापाले गरे सहयोगको अपील

प्रकाशित मिति:

बारा र पर्सामा आएको भीषण हावाहुरीमा परी घरबार गास र बास गुमाएकाको उद्धारका लागि सहयोगको अपिल भइरहेको छ । उक्त क्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले भौगोलिक एकता दर्शाउँदै आँधी आए तराईमा पहाडले छेक्नुपर्छ भनेझैं सबैलाई विपद्मा सहयोग गर्न आग्रह गरेका छन् ।

उनले सामाजिक संजाल ट्वीटरमार्फत हावाहुरीका कारण मृत्यु हुने सम्पूर्णमा श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।उनले लेखेका छन्, ‘गए राती भएको भीषण हावाहुरीका कारण मृत्यु हुने सम्पूर्णमा श्रद्धाञ्जली र घाइते हरुको शीघ्र स्वास्थलाभको कामना। अहिले बारा र पर्सा बासीमा सबैको सहयोग को खाँचो रहेको छ। आधि आए तराईमा पहाडले छेक्नु पर्छ भनेझैं सबैलाई यस विपत्तिको सामना गर्न सहयोग गर्न अपिल गर्दछु ।’