लिग वानमा पीएसजीलाई २० अंकको अग्रता

प्रकाशित मिति:

एजेन्सी – फ्रेन्च लिग वान फुटबलमा शीर्ष स्थानको पेरिस सेन्ट जर्मेन (पीएसजी) ले २० अंकको अग्रता बनाएको छ । आइतबार भएको २९ खेलमा जित निकाल्दै पीएसजीले लिगमा २० अंकको अग्रता बनाउन सफल भएको हो ।

टोउलोसेको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली पीएसजीले घरेलु टोलीलाई १–० गोलले पराजित गरेको हो । पीएसजीलाई जित दिलाउन युवा स्टार खेलाडी केलियन एम्बाप्पेले एकमात्र निर्णायक गोल गरे । उनले खेलको ७४ औँ मिनेटमा गोल गर्दै पीएसजीलाई महत्वपूर्ण तीन अंक दिलाए ।  जितसँगै पीएसजीले २९ खेलमा ८० अंक बनाएको छ । पीएसजी दोस्रो स्थानको लोस्का भन्दा २० अंकले अघि छ ।