प्रदेश २ मा स्थगित एसइई चैत २२ देखि सञ्चालन हुने

प्रकाशित मिति:

काठमाडौं– प्रदेश २ मा रद्द भएका एसइईको विज्ञान र सामाजिक तथा स्थगित गरिएको अरु विषयको परीक्षा चैत २२ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ। आज बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले उक्त निर्णय गरेको हो।

२२ गते विज्ञान र २३ गते सामाजिक विषयको परीक्षा हुने भएको छ। चैत २४ गते स्वास्थ्य तथा जनसंख्या, २५ गते ऐच्छिक प्रथम, २६ गते ऐच्छिक द्वितीय र २७ देखि २९ गतेसम्म प्राविधिक विषयहरुको परीक्षा लिइने बोर्डले जनाएको छ।