तत्काल राहतको लागि सरकारसंग तरुण दलको माग

मानवीय क्षति र प्रकृतिक विपत्तीले नेपाल तरुण र आफूलाई मर्माहत बनाएको जनाएका छन्

प्रकाशित मिति:

काठमाडौँ । प्रमुख प्रतिपक्षमा रहेको दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलका महासचिब भूपेन्द्र जंग शाहिले बारा–पर्सा जिल्लामा भएको मानवीय क्षति र प्रकृतिक विपत्तीले नेपाल तरुण र आफूलाई मर्माहत बनाएको जनाएका छन् । नेता शाहिले सोमबार बिहान सामाजिक संजाल फेसबेकुमा स्टाटस लेखेर आइतबार राती आयको बिनासकारी हावाहुरी र असिना पानीले बारा र पर्सा जिल्लामा प्राकृतिक बिपत्तिमा परि अकल्पनीय रूपमा धनजनको क्षति भएको दुखद खबरले अत्यन्तै स्तब्ध छु सो घटनामा परि ज्यान गुमाउनेहरु प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। सम्पुर्ण घाइतेहरु प्रती शिघ्र स्वास्थय लाभको कामना गर्दछु। तत्काल राहत र सुरक्षीत बसोबासको ब्यबस्थाको लागि सरकार सङ जोडदार माग गर्दछु। यो दुखद समयमा तरुण दलका साथीहरूलाई पीडितको सहयोगना जुट्न अपिल गर्दछु। अहिले बारा र पर्साबासीमा सबैको सहयोगको खाँचो रहेको छ’, शाहिले भनेका छन्।’बारा र पर्सा जिल्लामा आइतबार साँझ अकस्मात आएको हावाहुरीले ३१ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । हावाहुरीका कारण चार सयभन्दा धेरै सर्वसाधारण घाइते भएका छन् । ती दुई जिल्लामा करोडौंको नोक्सानी भएको छ । भत्किाए घर र गोठहरू मर्मत सम्भारका लागि लाखौँ खर्च हुनेछ । नेपाली कांग्रेसले सरकारसँग पीडितहरूलाई राहत प्रदान माग गरेको छ ।