सिद्धार्थनगर लेडिज सर्कल ४ द्वारा खेल उत्सव

प्रकाशित मिति:

रुपन्देही-सिद्धार्थनगर लेडिज सर्कल ४ भैरहवाले खेलकुद उत्सवको आयोजना गरेका छ । भैरहवामा रहेको पक्लिहवा माध्यामिक बिद्यालयको प्राङगढणमा खेलकुद उत्सवको आयोजना गरेको हो । भैरहवाका चार सरकारी बिद्यालयलाई सहभागि गराएर खेल उत्सवको आयोजना गरिएको सिद्धार्थनगर लेडिज सर्कल ४ की अध्यक्ष आसु आस्वानीले जानकारी दिईन ।

उनले स्वस्थ जीवनका लागि खेलकुद भन्ने नारालाई अंगिकार गर्दै खेलकुद उत्सव गरिएको जानकारी दिईन । महिला, बालबालिका तथा शिक्षा क्षेत्रमा काम गर्दै आएको लेडिज सर्कलले खेलकुदको बिकास तथा बिद्यार्थीहरुमा भएको खेलकुदको प्रतिभालाई बाहिर ल्याउन खेल उत्सवको आयोजना गरिएको अध्यक्ष आस्वानीले उल्लेख गरिन ।खेल उत्सवमा भैरहवामा रहेको भैरहवा नमुना माबि, पक्लिहवा मावि, खजहना निमावि र वोईया आधारभुति बिद्यालयका दुई सय बढी बिद्यार्थीको सहभागिता रहेको थियो ।

खेल उत्सवको प्रदेश सभा ५ का सांसद सन्तोष कुमार पाण्डेले उद्घाटन गरेका थिए । खेल उत्सवको उद्घाटन गर्दै उनले खेल क्षेत्रको माध्यमबाट नेपाललाई बिश्वमाझ चिनाउन सकिने उल्लेख गरे । उनले खेल क्षेत्रको बिकासका लागि सरकारले थप बजेटको व्यवस्था गर्न माग गर्दै खेलाडीको दक्षता अभिबृद्धिमा समेत ध्यान दिनु पर्नेमा जोड दिए । उनले बिद्यार्थीहरुलाई प्राबिधिक शिक्षातर्फ अग्रसर हुन समेत जोड दिएका छन् ।सो अबसरमा बोल्दै बरिष्ठ समाजसेवि नारायण प्रसाद अग्रवालले बिद्यार्थीहरुलाई खेलकुद तर्फ आर्कषित गर्न बिद्यालय स्तरबाटै खेलकुदका कार्यक्रमलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिए ।लेडिज सर्कल नेपालकी राष्ट्रिय अध्यक्ष आरती अग्रवालले बिद्यार्थीहरुमा रहेको खेलकुद प्रतिको प्रतिभा बाहिर ल्याउनका लागि खेल उत्सवको आयोजना गरिएको बताइन ।खेल उत्सवमा ६ देखि १० बर्ष उमेरका छात्र छात्रा ८० मिटर दौड, ह्विल व्यारो दौड, ओरेन्ज ईन द बास्केट, त्यसैगरी १० देखि १४ बर्ष उमेरका १०० मिटर दौड, बोरा दौड, स्कीपिङ दौड, २ सय मिटर दौड, बोरा दौड, तीन खुट्टे दौड लगाएतका खेलमा प्रतिस्पर्धा भएको थियो । रुपन्देही खेलकुद बिकास समितिका हेण्डबल प्रशिक्षक कृष्ण शाक्यले सम्पुर्ण खेलको सञ्चालन गराएका थिए ।प्रतियोगितामा बिभिन्न बिधामा चार वटै बिद्यालयका सहभागि बिद्यार्थी विजयी हुदै पुरस्कार लगेका थिए । बिजयी बिद्यार्थीलाई क्रिकेट व्याट, व्याटमिन्टन सेट, कक, लुडोको सेट, चेस, तम्बोला, वाटर वोतल लगाएका सामाग्रि प्रदान गरिएको छ । बिद्यार्थीहरुलाई सांसद सन्तोष कुमार पाण्डेय, बरिष्ठ समाजसेवी नारायण प्रसाद अग्रवाल, सिद्धार्थनगर लेडिज सर्कल ४ की अध्यक्ष आसु आस्वानी, राष्ट्रिय अध्यक्ष आरति अग्रवाल, सचिव प्रिया गोयनका, प्रोजेक्ट कन्भेनर अमिता अग्रवाल, राष्ट्रिय सम्पादक बेनु अग्रवाल, लुम्बिनी पोस्टका सम्पादक दीपक घिमिरे, पत्रकार प्रख्यात बनजाडे लगाएले पुरस्कार बितरण गरेका थिए ।