कोरियन भाषा परीक्षाका लागि ९२ हजार ३ सय ७६ को आवेदन

१८ चैत्र २०७५, सोमबार ०   बिचार / प्रतिक्रिया
32 Shares


काठमाण्डौ – यो वर्षको कोरियन भाषा परीक्षाका लागि ९२ हजारभन्दा धेरैले आवेदन दिएका छन् । गएको चैत ८ गतेदेखि आइतबार राती १२ बजेसम्म अनलाइनमार्फत फारम भर्न समय दिइएकोमा ९२ हजार ३ सय ७६ जनाको आवेदन परेको ईपीएस कोरिया शाखाले जनाएको छ । यीमध्ये ६३ हजार ४ सय ८७ जनाले उत्पादनमुलक क्षेत्र र २८ सय ८ सय ८९ जनाले कृषि क्षेत्रका लागि निवेदन दिएका हुन् । निवेदन दिनेमा ७७ हजार ३ सय ९३ र महिला १४ हजार ९ सय ८३ जना छन् ।

गएको वर्ष झण्डै ८२ हजार जनाले आवेदन दिएकोमा यो वर्ष १० हजार जनाभन्दा बढीले आवेदन दिएका हुन् । यो वर्षको भाषा परीक्षाबाट उत्पादनमुलक क्षेत्रमा ७ हजार ५० र कृषि क्षेत्रमा ३ हजार जना उत्तीर्ण हुनेछन् । उत्तीर्ण भएकामध्ये सीप परीक्षणमा पनि उत्तीर्ण भएपछि मात्रै कोरिया जान पाउनेछन् । २०७६ जेठ २५ र २६ गते हुने परीक्षाको नतिजा असार १३ गते प्रकाशित हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • डिभीको रिजल्ट आज आउँदै, यसरी हेर्नुहोस् रिजल्ट
  • राप्तीमा पहिलो बौद्ध गुम्वाको शिलान्यास
  • कृषि, स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर आकर्षक स्वास्थ्य केन्द्र बनाउने…
  • कोभिड १९ राहत कोषमा ४० लाख ४३ हजार संकलन
  • स्वास्थ्यकर्मीमाथी भएको आक्रमण तथा दुव्र्यवहार प्रति दुख व्यक्त
  • बिश्व बाताबरण दिवसको सन्दर्भमा कञ्चन जेसिजद्धारा बृक्षारोपण
  • पेखु ठानामा चक्लाबन्दी खेती अन्तर्गत सुन्तला, कागती रोपियो
  • कोरोना विशेष देउखुरी आईसुलेसन केन्द्र मौरिघाट स्थापना हुने
  • गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाद्वारा नि:शुल्क शुद्व तरकारीहरु, फलफुल र…
  • मानव अधिकार निगरानी समूहद्वारा क्वारेन्टाइन अवलोकन