नेपाली कांग्रेसकी नेतृ सुजता कोइराला द्धराबारा र पर्सा भएको घटना प्रति दुख व्यक्त

प्रकाशित मिति:

काठमाडौ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा जीपी कोईराला फाउन्डेसनकी अध्यक्ष सुजता कोईरालाले बारा र पर्सामा आइतबार साँझ आएको भिषण हावाहुरीका कारण ठूलो जनधनको क्षति भएको खबरले साह्रै दुखित बनाएको वताउनु भएको छ । हावाहुरीका कारण २७ जनाको मृत्यु हुनुका साथै ६०० भन्दा बढी घाइते भएका छन् । ठूलो धनजनको क्षति हुन पुगेको छ । उहाले भन्नु भयो यस्तो दुःखद परिस्थितीमा हावाहुरीका कारण ज्यान गुमाएकाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवाजनमा हार्दिक समवेदना व्यक्त गर्न चाहन्छु । यस्तै दुर्घटनामा परी घाइते भएका भएकाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सरकारलाई मृतक तथा घाइते परिवारलाई चाँडो क्षतिपूर्तीको व्यवस्था गर्न आग्रह समेत गर्दछु ।