राहत सामग्री बोकेर हावाहुरी प्रभावित क्षेत्र बारा पुगे धुर्मुस

प्रकाशित मिति:

काठमाडौं- हाँस्य कलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल (धुर्मुस) राहत सामग्रीसहित हावाहुरी प्रभावित क्षेत्र बारा पुगेका छन् ।  धुर्मुस–सुन्तली फाउण्डेसनको तर्फबाट राहत सामाग्री लिएर बारा पुगेको धुर्मुसले लोकान्तरलाई जानकारी दिए । टेलिफोनमा धुर्मुसले भने, ‘बारा पुगिसकेका छौं । आधा घण्टामा प्रभावित क्षेत्रमा पुग्छौं ।’

आफूहरू प्रभावित क्षेत्र पुग्ने बित्तिकै उद्धार तथा राहतमा खटिने बताए । त्रिपाल, कम्बल, खाद्यान्नलगायतका सामाग्री आफूहरूले लगेको धुर्मुसले बताए । धुर्मुसले हावाहुरीको घटनाले आफूलाई बेचैन बनाएको बताउँदै सहयोग गर्न सबैलाई आग्रह गरेका छन् । आइतवार साँझ आएको हावाहुरीले बारा र पर्सामा २७ जनाले मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ @lokaantar