नयाँ Version लन्च गर्न सफल ब्राईट स्कूल

प्रकाशित मिति:

ब्राईट अफिस सिस्टम एक सफ्टवेर उत्पादन गर्ने कम्पनि हो ।यो कम्पनीले बिगत सात बर्ष देखि 1+ सेक्टरमा काम गर्दै आएको यस कम्पनीका CEO लक्ष्मण गौतमले जनाउनु भयो। ब्राईटले Education Health ,Banking ,Trading क्षेत्रका सफ्टवेर उत्पादन गर्दै आएको र Education क्षेत्रमा केहि टेवा पुर्याउने उद्देश्यले स्कूल /कलेजको लागी एक अन्तराष्ट्रिय स्तरको ब्राईट स्कूल नामको सफ्टवेर उत्पादन गरेको गौतमले जनाउनु भयो ।

ब्राईट स्कूलमा विद्यार्थीको इन्फर्मेसन ,एकाउण्ट ,लाईबेरि ,रिजल्ट, पेरील ,होस्टेल ,जी पी एस ,ईन्भेण्टि ,एटेण्डेन्स ,टिचर स्टाफ इन्फर्मेसन ,नोटिफ़िकेसन ,होमवर्क लगाएत अन्य धेरै फिचर रहेको छ । ब्राईट स्कूल मोबाईल एप्लिकेसन बाट स्टुडेण्ट ,टिचर ,म्यानेजमेन्ट प्यारेन्ट्स सबैलाई एकै ठाउँमा जोड्न सहयोग गर्छ ।

प्यारेन्ट्स घरमै बसी बसी विद्यार्थीको होमवर्क ,नोटिफ़िकेसन र आफ्ना नानि बाबुको बस वा गाडी कहाँ आईरहेको छ अर्थात कतिबेला स्कूल कलेजबाट कतिबेला निस्केको हो भन्ने बारे जानकारी पनि घरैमा बसेर लिन सकिने ,स्कूलको फी पनि घरैमा बसेर तिर्न सकिने CEO लक्ष्म गौतमले जनाउनु भयो ।ब्राईट स्कूल अफ़्लाईन भर्सनमा १०० भन्दा धेरै प्रयोग गरिएको IRD Certified सफ्टवेर भएको साथै ब्राईट स्कूल बुटवल,नवलपरासी ,पाल्पा ,चितवन,काठमान्डौ र पोखरामा प्रयोग भएको छ गौतम ले जनाउनु भयो ।