चन्द समूहका रामेछाप इञ्चार्ज पक्राउ

प्रकाशित मिति:

भक्तपुर/रासस- नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका रामेछाप इञ्चार्ज ३८ वर्षीय यादव ढुङ्गेललाई प्रहरीले पक्राउ गरेको छ । रामेछाप चौरी देउराली घर भई काभ्रे बस्दै आएका ढुङ्गेललाई महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले सूर्यविनायकबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो ।

मादक पदार्थ सेवन गरी प्रहरीलाई अभद्र व्यवहारसमेत गरेको अभियोगमा ढुङ्गेललाई भक्तपुर जिल्ला अदालतमा मुद्दा चलाई थप अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।