कृषि पत्र पाक्षिक पत्रिका र अनलाईन सुरु

१८ चैत्र २०७५, सोमबार ०   बिचार / प्रतिक्रिया
29 Shares


बुटवल, १८ चैत ।  कृषि पत्रकार समाज प्रदेश ५ र जिल्ला शाखा रुपन्देहीले कृषि क्षेत्रको विशिष्टकृत पत्रिकाकोरुपमा कृषि पत्र पाक्षिक खबर पत्रिका र डिजिटल अनलाईन कृषि पत्र डट कम शुभारम्भ गरेको छ ।  बुटवलमा एक कार्यक्रमको आयोजना गरी प्रदेश नम्बर ५ का भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेल ले पत्रिकाको विमोचन र अनलाईनको शुभारम्भ गरेकी हुन ।  कार्यक्रममा बोल्दै कृषि मन्त्री पौडेलले प्रदेशका सबै स्थानिय तह, वडाहरुमा पत्रिका पु¥याउनको लागि आग्रह गर्दै विशिष्टकृत पत्रकारिताको रुपमा कृषि पत्र आउनु आफैमा गौरवको विषय भएको बताईन् ।  उनले वास्तविक किसान र सरकारको विचमा पुलको कामा गर्नको लागि कृषि पत्रकार समाजलाई आग्रह गरेकी थिईन् । कार्यक्रममा बौल्दै मन्त्री पौडेलले भनिन्–‘हामीलाई बास्तविक किसानको आवाज चाहिएको छ, यसमा सरकार र किसानको विचको पुलको रुपमा यो पत्रिका र अनलाईन बन्ने छ भन्ने विश्वास लिएका छौ । उनले किसानलाई सुन्दर भविश्य देखाउनको लागि पत्रिकाले महत्पूर्ण भुमिका खेल्नुपर्ने बताएकी थिईन् ।

कृषि क्षेत्रमा अथाह संभावना भएको भएपनि एक प्रकारको जागरुक अझै आउन नसकेको भन्दै मन्त्री पौडेलले किसानको जागरणको लागि पनि यस्तो प्रकृतिको पत्रिका र अनलाईन डिजिटल संस्करणहरुको जरुरत रहेको बताएकी थिईन् ।  कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ५ का कार्यवाहक अध्यक्ष भरत केसीले सरकारी नीति नियमको अनविज्ञताको कारण पछाडी परेका किसानहरुलाई जागरण पैदा गर्ने खालको अभियान कृषि पत्र सक्रिय हुुनुपर्ने धारणा राखेका थिए ।उनले किसानलाई के आवश्यक छ, वास्तविक किसानबाट सरकारको अपेक्षा के छ भन्ने विषयमा समेत यस पत्रिकाले कलम चलाउनको लागि आग्रह गरे । कार्यक्रममा भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका उपसचिव योजना तथा अनुुगमन महाशाखा प्रमुख विनोद घिमिरेले कृषि पत्र नीति निर्माण गर्ने निकाय देखि स साना किसानहरुको सारथी बन्ने सक्नुपर्ने बताएका थिए । सूचनाको पहुँचबाट मन्त्रालयले गरेका विभिन्न कार्यक्रमहरु समेत किसानहरुले जानकारी नपाएको सन्र्दभमा यस पत्रिका र अनलाईनले विशेष भुमिका खेल्ने बताएका थिए ।  यस्तै मुख्य मन्त्री तथा मन्त्री परिष्दको कार्यालयका प्रेस सल्लाहकार, नेपाल पत्रकार महासंघ रुपन्देहीका निर्वतमान अध्यक्ष तथा सल्लाहकार शेर बहादुर केसीले कृषि पत्रले सामान्य दैनिक हुने गरेका कार्यक्रमहरु भन्दा पनि किसानको वास्तविक समस्या, उनीहरुको आवाज, प्रविधिका कुरा, किसानको आवश्यकतको विषयमा बोल्नुपर्ने सुझाव राखे ।  नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डेले प्रविधी, बीऊ बिजन, किसानका विभिन्न समस्याको विषयमा उजागर गर्ने खालको समाचार आउनको लागि आग्रह गरेका थिए ।  कृषि पत्रकार समाज प्रदेश ५ का उपाध्यक्ष अस्मीना पाण्डे(मिना)को स्वागत, सह सचिव विकास पराजुलीको सञ्चालनमा भएको कार्यक्रमा मा भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ का कृषि विकास निर्देशनालय प्रमुख डा. शान्ता कार्की, पशुपक्षि तथा मत्सय विकास निर्देशानलय प्रमुख डा. युगोलकिसोर तिवारी, बुटवल उपमानगरपालिकाका कृषि विकास महाशाखा प्रमुख बरिष्ठ कृषि विकास अधिकृत भिमनाथ शर्मा , नेपाल पत्रकार महासंघ रुपन्देहीका पुर्व अध्यक्ष दिपक ज्ञवाली लगायत विभिन्न किसान, पत्रकार संघ÷संगठनका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो । कार्यक्रममा बोल्दै कृषि पत्रकार समाज प्रदेश ५ का अध्यक्ष कृष्ण खनालले कृषि पत्रलाई हाल पाक्षिक रुपमा प्रकाशन गर्ने निकट भविश्यमा साप्ताहिको रुपमा अगाडी बढाउने समेत लक्ष्य लिएको बताएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • दुई दिने सिएफएलजिको कार्य सम्पादन समिक्षा तथा कागजात व्यवस्थापन कार्यशाला…
  • तिर्थराज राष्ट्रिय पत्रकारिता पुरस्कार २०७६ समारोहलाई सम्बोधन गर्न सिटौला नवलपुर…
  • नेपाल भ्रमण वर्ष : पाँच हजार व्यक्तिलाई पर्यटकीय तालीम दिइने
  • नेकपा सचिवालय बैठक सोमबार बस्ने
  • दोस्रो भीरकोट महोत्सव फागुनमा- ‘पर्यटन बर्ष सफल बनाउन महोत्सव’
  • विवाह पछि ऋचा भन्छिन् : ‘माया अनि आर्शिवाद सदैब यसरी…
  • ‘यो स्वर्ण दूध बेचेर मलाई कलेज पढाउने आमालाई’
  • भ्वाइस अफ नेपाल जितेपछि राम लिम्बु ट्रफी लिएरै पहिलो पटक…
  • साग पुरुष बास्केटबल : नेपाल सेमिफाइनलमा
  • जापानी नागरिकको संस्थामा नेपाली अध्यक्ष