ललित पाण्डे, सैनामैना दोश्रो सैनामैना मेयर कप फुटबल प्रतियोगिताको उपाधिको लागि चाँदनी युवा क्लब दानापुर र फर्साटिकर युवा क्लब फर्साटिकर भिड्ने पक्का भएको छ । जनप्रिय स्पोटिङ्ग युवा क्लबको आयोजनामा सैनामैनाको देउपारमा जारी प्रतियोगितामा विश्व शान्ती युवा क्लब सालझण्डीलाई ४–३ गोल अन्तरले हराउँदै सोमबार चाँदनी युवा क्लब दानापुर फाईनमा पुगेको हो ।
चाँदनीका जर्सी नम्बर १७ का टिकाराज गुरुङ्गले २३ औं मिनेटमा पहिलो एक गोल गरेका थिए भने विश्वशान्तीका जर्सी नम्बर ९ का शवि थापाले ४६ औं मिनेटमा एक गोल गरेपछि खेल बराबरीमा पुगेको थियो । निर्धारित समयमा समान गोल भएपछि खेल ट्राईबेकरमा धकलिएको थियो । चैत्र २० गते बुधबार चाँदनी युवा क्लब दानापुर र फर्साटिकर युवा क्लब फर्साटिकरका बिचमा फाईन प्रतियोगिता हुने क्लबका अध्यक्ष किशोर रानाले जानकारी दिनु भएको. छ । सोमबार मात्र प्रतियोगितामा ५०० भन्दा बढि टिकट विक्रि भएको आयोजकले जानकारी दिएको छ । फाईनल खेलमा एक सय रुपँयौ टिकट शुल्क राखिएको आयोजकले जानकारी दिएको छ । सरस्वती माविको खेल मैदानमा जारी प्रतियोगिताको बिजेताले १ लाख ५१ हजार र उपविजेता टिमले रु ८१ हजार प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ । भैरव युवा क्लब नवलपरासी मेयर कपको साविक विजेता हो ।