गुल्मी जुभूङ्ग रुपन्देही सम्पर्क समाजद्वारा रक्तदान

प्रकाशित मिति:

बुटवल -गुल्मी जुभूङ्ग रुपन्देही सम्पर्क समाजले आज सोमबार बुटवलमा रक्तदान कार्यक्रम गरेको छ । संस्थाले सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा रक्तदान कार्यक्रम गरेको संस्थाका सचिव दिनेश खड्काले जानकारी दिनुभयो ।रक्त सञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ३१ जनाले रक्तदान गरेका हुन ।

संस्थाका अध्यक्ष बम बहादुर थापाको अध्यक्षता तथा संयोजक शान्ति थापाको संयोजकत्वमा कार्यक्रम भएको हो । २०७३ सालमा स्थापना भएको समाजले हरेक वर्ष रक्तदान कार्यक्रम तथा अन्य सामाजिक गतिविधिहरु गर्दै आइरहेको छ ।