अझै रोकिएन टिप्पर आतंक : उपप्रध्यापक अर्यालको निधन

प्रकाशित मिति:

बुटवल – बुटवलको औधोगिक क्षेत्र नजिकै हिजो साँझ भएको दुर्घटनामा एक उपप्राध्यापकको निधन भएको छ । दुर्घटनामा परि बुटवल बहुमुखी क्याम्पस र शिद्धार्थ गौतम बुद्ध क्याम्पसका उप प्राध्यापक डोलराज अर्यालको निधन भएको हो । लु २ ख २२३२ नम्वरको टिप्परले अर्याल सवार मोटर साईकललाई आज साँझ बुटवलको धागो कारखाना नजिकै ठक्कर दिएको थियो ।

टिप्परको ठक्कर बाट गम्भिर घाईते अर्याललाई उपचारका लागि लुम्विनी प्रादेशीक अस्पताल बुटवल लैजादै गर्दा बाटो मै निधन भएको पप्रहरीले जनाएको छ । देवदह नगरपालिकाका स्थायी बासिन्दा ५० बर्षिय अर्याल साझ बुटवलबाट घर तर्फ जादै गर्दा टिप्परले ठक्कर दिएको थियो । ठक्कर दिने टिप्पर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।