मदन भण्डारी अध्ययन केन्द्र १६ वटै तहमा खोलिने

प्रकाशित मिति:

बुटवल -मदन भण्डारी अध्ययन केन्द्र रुपन्देहीको बिस्तारित बैठक सोमबार शंकरनगर नेकपा(नेकपा)को कार्यलयमा सम्पन्न भएको छ नेकपा स्थायि कमिटी सदस्य तथा बैचारिक नेता घनश्याम भुसालको प्रमुख आतिथ्यता र केन्द्रिय सदस्य हकिकुल्लाह खाँको बिशिष्ट आतिथ्यतामा सम्पन्न उक्त बैठकले वैशाख मसान्त भित्र रुपन्देहीका १६ वटै तहमा अध्ययन केन्द्रका शाखाहरु गठन गर्ने, पार्टी एकता दिवस तथा मदन आश्रित स्मृति दिवसमा अध्ययन केन्द्रको मुखपत्र प्रकाशन गरी विमोचन गर्ने, एक बर्ष भित्र प्रत्येक तहमा सैद्धान्तिक र वैचारिक शिबिर सञ्चालन गर्ने निर्णयहरु सर्वसम्मत रुपमा पारित गरेको छ ।

बैठकमा केन्द्रका अध्ययक्ष सिद्धिचरण भटराई द्धारा प्रस्तुत १३ बुँदे कार्यदिशा सहितको प्रतिवेदन १२५ जिल्ला कमिटी, सचिवालय कमिटी र १५ सदस्यीय सल्लाहकार कमिटीलाई बैठकले अनुमोदन गरेको छ । बैठकलाई सम्बोधन गर्दै नेता भुसालले नेकपा एकता प्रक्रियामा भएको अनावश्यक ढिलाईले एकता प्रक्रियामा आशंका उब्जिएको बताउँदै आफुहरु एकता भंग हुन नदिन र बिद्यमान चुनौतिको सामना गर्ने पार्टी बनाउन लागि पर्ने बताए । पार्टी भित्र शिर्ष नेताबाटै नियोजित रुपमा जनवादी स्पेस खुम्चाउदै गएर एक्लै निर्णय गर्ने वातावरण बनाउन लागि रहेकाले समयमै एकता नटुंगिएको पनि उनले खुलासा गरे ।अर्का नेता हकिकुल्ला खाँले पार्टी भित्र माक्र्सवादी अध्ययन र चिन्तन मननको खडेरी परेको स्मरण गर्दै खुकुरीको धारमा हिँडेर भएपनि पार्टी भित्र विचार, आदर्श र सिद्धान्तको रक्ष गर्न लाग्नु पर्ने कुरामा जोड दिए । कार्यक्रममा नेकपा(नेकपा) प्रदेश कमिटी सदस्य पुरन गुरुंग, अध्ययन केन्द्रका सल्लाहकार राजु गुरुंग, पुरुषोत्तम घिमिरे, उपाध्यक्ष खेम प्रसाद लुईटेल, सचिव युवराज न्यौपाने लगायतले विचारहरु राख्नु भएको थियो ।