आज प्रदोषव्रत, शुभाशुभ कस्तो रहनेछ ? हेर्नुहोस् आजको दिन, २०७५ चैत्र १९ गते

प्रकाशित मिति:

श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७५ साल चैत्र महिनाको १९ गते मंगलबार हो । वर्तमानमा विरोधकृत् नामक संवत्सर चलिरहेको छ । सूर्य उत्तरायणमा छन् । वसन्त ऋतु अन्तर्गत चैत्र कृष्णपक्षको द्वादशी तिथि विहान ८।५३ बजेसम्म रहनेछ । यो महिनाका देवता विष्णु र मासदेवी रमा हुन् । सूर्य मीन राशिमा रहेका छन् भने वृहस्पति धनु राशिमा छन् । शतभिषा नक्षत्र राति १।३ बजेसम्म रहनेछ । आज शुभ योग र भद्रा करण रहेको छ । यसैगरी आज सूर्योदय ५।५६ मा छ भने सूर्यास्त बेलुका ६।२१ बजे हुनेछ ।

चन्द्रमा आज बिहान कुम्भ राशिमा छन् । यसैगरी आज प्रदोषव्रत परेको छ । आजको सन्ध्याकालीन समय दोषयुक्त रहने भएकाले शिवजीको उपासना मात्र शुभ रहन्छ । त्रयोदशीयुक्त सूर्यास्तकालीन समय दोषयुक्त रहने भएकाले प्रदोष भनिएको हो ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद् 
९८४१०१२२०३,९ ८०८२११२०५