बारा र पर्साका घाइतेको सहयोगका लागि देवदहमा गरियो रगत संकलन

१९ चैत्र २०७५, मंगलवार ०   बिचार / प्रतिक्रिया
36 Shares


झबिन्द्र देवकोटा/बुटवल –  आइतबार पुर्वमा आएको भीषण हवाहुरीका कारण घाईते भएकाहरुको सहयोगका लागि सोमबार रुपन्देहिको देवदहमा रगत संकलन गरिएको छ । पुर्वको बारा र पर्सामा आईतबार आएको हवाहुरीका कारण ढाई दर्जन बढीले ज्यान गुमाएका छन भने सयौं घाईते भएका छन । प्राकृतिक बिपत्तिमा परेकाहरुका परिवारलाई समबेदना दिदै देवदहका युवाहरुले घाईतेको उपचारमा सहयोग मिलोस भनेर रगत संकलन गरेका हुन । रुपन्देहीको देवदहमा रहेको देवदह जेसिज र नेपाल स्वयंसेवी रक्तदाता देवदहले संयुक्त रुपमा रक्तदान कार्यक्रम गरेका हुन ।

रक्तदान कार्यक्रममा झण्डै ७० जनाले रक्तदान गरेका थिए । रक्तदान कार्यक्रमको शुभारम्भ गर्दै देवदह नगरपालिकाका मेयर हिराबहादुर खत्रीले बिपत्तिमा परेकाहरुको उद्दारकालागी नगरपालिका सधैब सकारात्मक रहेको बताए । उनले बिपत्तमा परेका जो कोही भएतापनि पहिले सहयोगको भावना हुनुपर्ने उल्लेख गर्दै देवदहका युवाहरुले गरेको रगत संकलनको कार्य उदाहरणीय भएको भन्दै प्रसम्शा गरे । उनले घाइतेको उपचार र मृत्यु वर्ण गरेका परिवारलाई सहयोग गर्न सबै लाग्नु पर्ने बिचार राखे । रक्त संकलन कार्यक्रममा देवदह उद्योग वाण्ज्यि संघ देवदहका अध्यक्ष गोपाल ढकाल , देवदह जेसीजका अध्यक्ष केशव अधिकारी, निवर्तमान अध्यक्ष बिस्णु न्यौपाने, संस्थापक अध्यक्ष तथा स्वयमसेवी रक्त्तदाता समाजका अध्यक्ष विजय गुरुङ्ग , प्रगति सामुदायिक बनका अध्यक्ष चमकान्त गौडेल, बुद्ध सामुदायिक बनका अध्यक्ष टेकबहादुर राना, वाइ पि हार्डवयरका संचालक यम बहादुर गुरुङ, दीर्घायु नेपालका सस्थापक डा.लक्ष्मीकान्त पाण्डे लगायतले बिपत्तमा परेकाहरुको सहयोगमा सबै जुट्नु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा स्थानीय सामाजिक संघसस्था ब्यक्ति तथा युवाहरुले रक्तदान गरेको सुरज बस्यालले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया