न्यायपरिषदको बैठक जारी

प्रकाशित मिति:

काठमाडौं –  सर्वोच्च अदालतमा रिक्त पाँच न्यायाधीश नियुक्तिको सिफारिसका लागि न्याय परिषद्को बैठक बसिरहेको छ। न्यायपरिषद्को सचिवालय रामशाहपथमा जारी बैठकमा सर्वोच्च अदालतमा रिक्त न्यायाधीश सिफारिसबारे छलफल भइरहेको बताइएकाे छ। परिषद्ले सर्वोच्चमा रिक्त पाँचमध्ये दुई उच्च अदालतका न्यायाधीशमध्येबाट र तीन कानुन व्यवसायीबाट सिफारिस गर्ने तयारी गरेको छ।

कानुन व्यवसायीमा भने राजनीतिक भागबण्डाका आधारमा गर्ने सहमति भइसकेको छ। मुख्य प्रभाव रहेका प्रगतिशील कानुन व्यवसायीबाट दुई जना र लोकतान्त्रिक कानुन व्यवसायीहरूबाट एक जना सिफारिसको तयारी भइरहेको छ। प्रधानन्यायाधीश अध्यक्ष रहने न्यायपरिषदमा कानुमनमन्त्रीसहित सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश, प्रधानमन्त्रीको सिफारिसमा रिफारिसमा एक कानुनविद् र २० वर्ष अनुभवप्राप्त नेपाल बार एसोसियसनको सिफारिसमा राष्ट्रपतिद्वारा नियुक्त वरिष्ठ अधिवक्ता सदस्य रहने प्रावधान छ।