कांग्रेस सभापति बारा र पर्सा जाँदै

प्रकाशित मिति:

काठमाडौं – प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा बारा र पर्साका पीडितहरूको अवस्था बुझ्न वीरगञ्ज जाँदै छन् ।पार्टी कार्यक्रममा सहभागी हुन कपिलवस्तुमा रहेका सभापति देउवा आज दिउँसो वीरगञ्ज पुग्ने केन्द्रीय सदस्य फरमुल्लाह मन्सुरले जानकारी दिए ।

सभापति देउवाले बारा र पर्सा जिल्लाका हावाहुरीबाट प्रभावितलाई भेट्ने छन् । उनले घाइतेको उपचार र पीडितहरू राहतमा भइरहेका प्रयासहरूका बारेमा पनि जानकारी लिने कांग्रेसका युवा नेता रामहरि खतिवडाले जानकारी दिए । नेपाली कांग्रेसले सोमबार नै आफ्ना स्थानीय नेता तथा कार्यकर्ताहरूलाई उद्धार र राहतको कार्यक्रममा लाग्न निर्देशन दिइसकेको छ ।