कांग्रेस सभापति देउवा बारा–पर्सा हावाहुरी पीडितसंग !

प्रकाशित मिति:

वीरगञ्ज – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बारा र पर्साका हावाहुरी कारण घाइते भएकाहरुलाई भेटेका छन् । हावाहुरीका कारण घाईते भएकाहरुलाई मंगलबार बिहानै वीरगंजको नारायणी अंचल अस्पतालमा पुगेर भेट गरेका हुन् ।

देउवाले घाइतेहरुको उपचारमा अझै चुस्तता आवस्यक रहेको भन्दै सरकारले केही चिकित्सक र स्वास्थ्यकर्मीहरु केन्द्रबाट पठाउनु पर्ने देखिएको बताए । त्यसको प्रवन्ध गर्न आफूले सरकारसँग आग्रह गर्नेसमेत उनले बताएका छन् । आइतबार राति आएका चक्रवातमा परी २९ जनाको मृत्यु भएको छ भने करीव ७ सय घाइते भएका छन् । गम्भीर ११ जनाको काठमाडौंमा उपचार भइरहेको छ ।