नेपाल प्रेस युनियन बेलायतमा बिपिन निरौलाको अध्यक्षतामा नयाँ नेतृत्व

प्रकाशित मिति:

लण्डन: नेपाल प्रेस युनियन बेलायतले नयाँ नेतृत्व पाएको छ । बेलायतमा सम्पन्न प्रथम अधिवेशनले बिपिन निरौलाको अध्यक्षतामा १७ सदस्यीय कार्यसमितिको सर्वसम्मत चयन गर्दै नयाँ नेतृत्व पाएको हो । अधिवेशनले उपाध्यक्षमा खेमराज रानाभाट र एभरेस्ट गौतम, सचिबमा मन्दीप केसी, सहसचिबमा कृष्णा भण्डारी र कोषाध्यक्षमा सन्तोष भट्टराई निर्वाचित भएका छन् । त्यस्तैगरी सदस्यहरुमा खुशी लिम्बु, भीम खरेल, दयालू देवकोटा, लालमणी भट्टराई, सवेन्द्र अधिकारी, मिलन शर्मा, सुरेन्द्र रुपाखेती, जेनी भट्टराई, रोमियन लिम्बु र सिमी पुनलाई निर्वाचीत गरेको छ । त्यस्तैगरि, अधिवेशनले सञ्जयभक्त कंडेल, राजन खकुरेल, हेमन्त सेढाईं, शिव भण्डारी, उपेन्द्र पौडेल, विनय अधिकारी र कुश बस्नेतलाई युनियनको महाधिवेशन प्रतिनिधिमा चयन गरेको छ ।

अधिववेशन गराउन नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देल, नेपाली जनसम्पर्क समिति बेलायतका अध्यक्ष युवराज गुरुङ, हाल बेलायत भ्रमणमा रहेका प्रदेश नम्बर ३ का सांसद बिजुला बर्मा, नेपाली राजदुतावासका उपनियोग प्रमुख शरदराज आरन, एनआरएनए उपाध्यक्ष कुल आचार्य, नेपाल पत्रकार महासंघका महासचिब रमेश बिस्ट, नेपाल प्रेस युनियनका उपाध्यक्ष बाला अधिकारी, महासचिब अजय बाबु सिवाकोटी र नेपाल पत्रकार महासंघ यूके शाखाका अध्यक्ष नरेश खपाँगीलगायतले अधिबेशनको सफलताको शुभकामना ब्यक्त गर्नुभएको थियो ।