नेपाली कांग्रेस गुल्मीको आमन्त्रित जिल्ला सदस्यमा बिष्ट मनोनीत

प्रकाशित मिति:

गुल्मी -नेपाली कांग्रेस गुल्मीले पदम बहादुर बिष्टलाई नेपाली कांग्रेस गुल्मीको आमन्त्रित जिल्ला सदस्यमा मनोनीत गरेको छ । जिल्लाको धुर्कोट गाउँपालिका वडा नं. ३ हाडहाडे निवासी बिष्टलाई एक कार्यक्रमका विच आमन्त्रित जिल्ला सदस्यमा मनोनीत गरिएको नेपाली कांग्रेस गुल्मीले जनाएको हो ।

नेपालको प्रजातान्त्रिक आन्दोलन र लोकतन्त्रको संस्थागत विकासको लागी पुर्याएको योगदानक उच्च मुल्यांकन गर्दै बिष्टलाई आमन्त्रित जिल्ला सदस्यमा मनोनीत गरिएको नेपाली कांग्रेस गुल्मीका सभापति भुवनप्रसाद श्रेष्ठले बताउनुभयो । पार्टीको नियमावली २०६८ को परिच्छेद ११ को नियम ४९ बमोजिम बिष्टलाई आमन्त्रित जिल्ला सदस्यमा मनोनीत गरिएको जनाईएको छ । बिष्टको क्रियाशिलताले नेपाली कांग्रेस पार्टीलाई थप मजबुत बनाउने विश्वास लिईदै सभापति श्रेष्ठले शुभकामना तथा बधाई ज्ञापन समेत गर्नु भएको थियो ।