सफल मानव बन्न यस्तो हुनुपर्छ जीवन शैली

१९ चैत्र २०७५, मंगलवार ०   बिचार / प्रतिक्रिया

Close-up idol of lord Ganesh elephant headed god for Ganpati festival,Bombay Mumbai,Maharashtra,India

काठमाडौं  – चाणक्य नीतिको १२ औँ अध्यायको तेस्रो श्लोकमा सफल मानव सम्बन्धि रहस्य बताइएको छ । यस श्लोकमा यस्तो जीवन शैली बताइएको छ जसलाई अपनाएर सफल मानव बन्न सकिनेछ ।

दाक्षिण्यं स्वजने दया परजने शाठ्यं सदा दुर्जने।
प्रीतिः साधुजने स्मय खलजने विद्वज्जने चार्जवम्।
शौर्यं शत्रुजने क्षमा गुरुजने नारीजने धूर्तताः
इत्थं ये पुरुषा कलासु कुशलास्तेष्वेव लोकस्थितिः।।३।।

चाणक्य नीतिको यस श्लोकमा केहि यस्तो बानी र काम गर्ने बिशेष तरिका बताएको छ । जसलाई अपनाएर कोहि पनि मानव सफल हुन सक्छ ।   आचार्य चाणक्य ती असल मानिसहरुको कुरा गरेका छन् जो आफ्ना मानिसहरुसँग प्रेम,  पराइ माथि दया, दुष्टसँग कठोरता, सज्जनसँग सरलता, मूर्खसँग संयम, विद्वानलाई आदर, शत्रुसँग बहादुरी र गुरुजनहरुको सम्मान गर्छ, जसलाई स्त्री प्रति लगाव छैन , यस्तो मानिस हरेक ठाँउमा सफल हुन्छन् ।  अर्थात यस्त पुरुषलाई  महापुरुष भनिन्छ । यस्ता मानिसको कारण नै आज संसार टिकेको छ ।

श्लोकमा कोसँग कस्तो व्यवहार गर्नुपर्छ बताइएको छ  । आचार्य चाणक्य भन्छन्, ‘जो व्यवहारमा कुशल मानिस आफ्ना भाई-बन्धुसँग प्रेम गर्छ, अन्य मानिसहरु प्रति दया गर्छ , दुष्टसँग दुष्टताको कठोर व्यवहार गर्छ , साधु , विद्वान, आमा-बुवा तथा गुरुलाई आदर गर्छ , मूर्ख मानिससँग टाढै रहन्छ, शत्रुको बहादुरीको सामना गर्छ र स्त्रीहरुको पछि लाग्दैन । यस्तो मानिस हर समय र परिस्थितिका अनुसार अघि बढ्छ ।  यो व्यवहारका कारण उ सधै सफल हुन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • स्कुटर जलाएको आरोपमा स्याङजावाट एक जना पक्राउ
  • सर्वोच्चमा विचाराधिन विषयमा पूर्व प्रधानन्याधिसले बोल्नु गलत : कांग्रेस नेता…
  • कञ्चन जेसिजद्वारा कञ्चनका पत्रकार जगिलाल थापा सम्मानित
  • ६ नं वडामा खेलकुद प्रतियोगीता
  • संस्थापक अध्यक्ष अवार्ड–२०२० बाट पत्रकार गुप्ता सम्मानित
  • देश कसरी जोगाउने भन्नेमा चिन्तित छु : पुर्वराजा शाह
  • ट्रम्पविरुद्ध महाअभियोगको प्रस्ताव पेश गर्ने तयारी
  • ७२ वर्षीया वृद्धा लक्ष्मी सुवेदीको खोजी गरिदिन परिवारको अनुरोध
  • राष्ट्रपति भण्डारीद्धारा २९९औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शुभकामना…
  • ट्रम्पविरुद्ध महाभियोग प्रस्ताव ल्याउने डेमोक्र्याटहरूको तयारी