राजमोको प्रचार अभियान बेलबासमा सम्पन्न

प्रकाशित मिति:

राष्टिय जनमोर्चाको प्रचार अभियान अन्तरगन आज बेल्वासमा प्रचार सभा सम्पन्न भएको छ । सभामा बोल्दै राष्टिय जनमोर्चाका केन्द्रिय महासचिव जनक राज शर्माले देशमा स्थिर सरकार गठन भए पनि जनताका आसा अनुरुपको संकेत समेत नदेखिएको बताउनुभयो । उहाँले अरुण तेस्रो जस्तो महत्वपूर्ण राष्टिय गौरवको आयोजना भारतलाई दिनु राष्टघात भएको दावी गर्नुभयो ।
सभामा बोल्दै राष्टिय जनमोर्चा रुपन्देहीका सचिव दिपक पौडेलले रोजगारीका अवसरहरु सिर्जना गर्ने तर्फ सरकार उदासिन देखिएको भन्दै वेरोजगार युवाहरुलाई विदेश पठाउने वाहेक यो सरकारले केही गर्न नसकेको आरोप लगाउनु भयो ।  उद्योग धन्दामा लगानी वृद्धिका लागि सरकार उदाशीन रहेको भन्दै सरकार त्यस तर्फ उन्मुख हुन नसके युवाहरु नै विरोधमा उत्रने बताउनुभयो ।
बुटवल उपमहानगरपालिकाका नगर अध्यक्ष तुल्सी राम शर्माको अध्यक्षता, सभामा नगर सदस्य के पी पोख्रेलको स्वगत तथा जिल्ला कोषध्यक्ष टानवहादुर खत्री सन्चालनमा सभा सम्पन्न भएको थियो ।
सभामा रत्तिम सांस्कृतिक अभियानका कलाकारहरुले सांस्कृतिक प्रस्तुति समेत प्रस्तुत गरेका थिए ।