बुटवल लन टेनिस क्लबद्धारा प्रशिक्षण तालीम

प्रकाशित मिति:

बुटवल -बुटवल लन टेनिस क्लबले आफ्नो बार्षीक कार्यक्रम अन्र्तरगत साना नानीबाबुहरुका लागी ५ दिने लन टेनिस प्रशिक्षण तालीम शुरु गरेको छ । बुटवल लन टेनिस क्लबको कोर्ट देबीनगरमा मंगलबारबाट शुरु भएको तालीममा ४० जना भन्दा बढि प्रशिक्षार्थीहरुको सहभागीता रहेको छ ।

शनिबारसम्म चल्ने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै जिल्ला खेलकुद बिकास समिती रुपन्देहीका अध्यक्ष योग गुरुङले लन टेनिस खेलको बिकासका लागी प्रशिक्षण फलदायी हुने बिश्वास ब्यक्त गरे । उनले जुनीयर भाइबहिनीहरुलाइ प्रशिक्षण दिएर बुटवल लन टेनिस क्लबले उदारणीय काम गरेको बताए । कार्यक्रममा क्लबका अध्यक्ष गोपाल ज्ञवालीले केहि नया कुरा सिक्नको लागी प्रशिक्षण मुलक तालीमको ब्यबस्था गरिएको बताउदै क्लबले अझै रचनात्मक काम गर्दै जाने बताए ।

कार्यक्रममा लन टेनिस सघं रुपन्देहीका उपाध्यक्ष मनोज बस्नेत ,बालकृष्ण अर्याल लगायतले बोल्दै खेलकुदमा प्रशिक्षण जरुरी रहेको बताउदै भाइबहिनीहरुले सिकेको कुरा ब्यबहारमा उतार्नुपर्नेमा जोड दिएका थिए । प्रशिक्षणमुलक कार्यक्रममा राष्ट्रिय खेलाडी जितेन्द्र परियारले बिहान र साझ गरी दुइ पटक प्रशिक्षण दिइरहेका छन । उनलाइ क्लबका कोच बिकास खड्काले सघाएका छन ।