यी मन्त्रहरु जप गरि भगवान शिवको पुजा गर्नुहोस् मनोकामना पुरा हुनेछ

प्रकाशित मिति:

एजेन्सी -हिन्दु धर्ममान्यता अनुसार यस दिनमा शिवजीको पुजा आरधना गरे शिवजी चाँडै नै खुसी हुन्छन् । सोमबारको दिन भगवान शिवको पूजा आराधना गर्नाले मनाकनामा पूरा हुने विश्वास रहेको छ। ज्योतिष शास्त्रमा उल्लेख भए अनुसार सोमबारको कारक ग्रह चद्र हो भने यसको स्वामी शिव हो । त्यसैले यस दिन चन्द्र र शिव जोडिएको उपस गर्नु उत्तम मानिन्छ।

मन्त्र स् ९ऊं नमः शिवाय , नमः शिवाय शुभं शुभं कुरू कुरू शिवाय नमः ऊं’ , ९नमो नीलकण्ठाय, ऊं पार्वतीपतये नमः, ऊं पशुपतये नमस् अझै सोमबारको दिन शिवजीको पुजा गर्नेबेला शिवपुराण पढ्दा शिवजी प्रसन्न भई मागेको वर दिने विश्वास गरिन्छ । कुमारी स्त्रीले राम्रो वर पाउनका लागि शिवजीको पुजा गर्ने गर्दछन् भने विवाहित स्त्रीले आफ्नो परिवारमा सुखशान्ती र पतिको लामो आयुको लागि शिवजीको पुजा गर्दछन्।

यस दिन व्रत बस्दा एक छाक मात्रा खानुपर्दछ भने खानामा नुन तेल मिसाउन मनाही छ। पूजा विधि स् सोमबारको दिन विहान सबेरै उठेर पूर्ण शरिर नुहाएर घरमा सम्भव नभए नजिकको शिव मन्दिर गाई शिव ,माता पार्वती र नन्दीलाई गंगाजल वा पवित्र जल अर्पित गर्नुहोस्। यस पश्चात शिवलिङ्गमा चन्दन। चामल ,बेलपत्र र धतुरोको फुल चढाउनुहोस्। यस पछि पूजा सम्पन्न गर्नका लागि भगवान शिवलाई घिउ वा सक्खरको भोग लगाउनुहोस् र अन्तिममा धुप ,दिप बालेर आरती गर्नुहोस्।