यस्ता मान्छेको घरमा कहिल्यै पनि धन सम्पती जोगिदैन

प्रकाशित मिति:

एजेन्सी -हिन्दु शास्त्रले मानिसको दैनिक जीवनमा भएका यथार्थ घटनालाई उतारेको छ । विष्णुपुराणमा इन्द्रले धनकी देवी लक्ष्मीलाई धनि कसरी बन्ने भनेर केही शुत्रहरुको माग गर्दा इन्द्रलाई धनकी देवी लक्ष्मीले ५ प्रकारका व्यक्तिको उदाहरण दिएकी थिइन् ।

शास्त्रमा उल्लेख भएअनुसार त्यस्ता व्यक्तिको घरमा धनको बास कहिल्यै नहुने दाबी समेत गरेकी छन् । हेरौँ केके हुन् ती कुराहरु ।

१।काम भावनाः जुन घरमा स्त्री र पुरुषहरु काममा मात्रै लिप्त हुन्छन् त्यस्तो घरमा लक्ष्मीको बास लामो समयसम्म रहन सक्दैन् ।
२।अहंकारः जुन घरका मानिस अहंकार गरेर बस्छन् । त्यो घरमा अज्ञानता र क्रोध बढ्छ । त्यस्तो घरमा पनि लक्ष्मीले बास गर्न सक्दिनन् ।
३।लोभः अत्याधिक लोभ लालच गर्ने व्यक्तिको घरमा पनि लक्ष्मीको बास हुन नसक्ने शास्त्रमा उल्लेख गरिएको छ ।
४।हिंसाः जुन घरमा माछा मासु बढी प्रयोग गरिन्छ त्यस्तो घरमा पनि लक्ष्मीको बास हुँदैन् । माछा मासु बढी प्रयोग गर्ने घरमा लक्ष्मी बस्न चाहदिनन् ।
५।स्त्रीको अपमानः जुन घरमा महिलालाई अपमान गरिन्छ त्यस्तो घरमा लक्ष्मीको बास हुँदैन् ।