इन्दिरा युवा क्लब धुर्कोटले बिबिध खेलकुद , निशुल्क स्वास्थ्य शिविर र साँस्कृतिक कार्यक्रम गर्दै !

२० चैत्र २०७५, बुधबार ०   बिचार / प्रतिक्रिया
86 Shares


गुल्मी – पछिल्लो समयमा युवा क्लबहरु तिब्र रुपमा स्थापना भैरहेका छन । तर गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर ६ मा बि स २०६६ सालमा स्थापना भएको क्लब हो इन्दिरा युवा क्लब । जस्ले सामाजिक र मानबिय कार्य संगै खेलकुद र मनोरन्जनात्मक क्षेत्रमा निरन्तर अगाडि बढीरहेको छ । यँही चैत्र २२ , २३ र २४ गते आफ्नो नबौँ वार्षिक उत्सब धुर्कोट गाउँपालिकाको वडा नम्बर ६ मा रहेको इन्दिरा माध्यमिक बिद्यालयको प्राण्गडमा मनाउन लागिरहेको क्लबले आफ्ना बिभिन्न कार्यक्रमहरु सार्वजनिक गरेको छ ।

क्लबले गुल्मी जिल्लाको पश्चिम क्षेत्रमा सर्बाधिक रशिको शहिद शम्शेर बहादुर खत्री स्‍मृति खुल्ला भलिबल प्रतियोगिताको आयोजना गरेको छ । जस्मा बिजेताले ५०,००० संगै कप , मेडल र प्रमाणपत्र पाउनेछन भने उप – बिजेताले ३०,००० मेडल र प्रमाणपत्र पाउनेछन भने क्लबले अन्तर माबी स्तरिय हाजिरिजबाफ , भाले समाई , रस्साकस्सी लगायतका कार्यक्रमको आयोजना गरेको छ ।

त्यस्तै चैत २३ गते शनिबार चौराह हस्पिटल प्राली बुटवलको प्राबिधिक सहयोग तथा धुर्कोट गाउँपालिकाको बिशेष सहयोगअंा हाडजोर्नी तथा नशारोग , महिला रोग , हर्निया , हाईड्रोसिल लगाएत अन्य जनरल फिजिसियन सेवा सहित निशुल्क वृहत् स्वास्थ्य शिविर संगै निशुल्क औषधी बितरणको कार्यक्रम तय गरेको छ ।


त्यस्तै चैत २४ गते नेपालको लोकदोहोरीको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारी , धुर्कोटमै जन्मिएर नेपाली लोक तथा दोहोरी संगै उद्घोषणको क्षेत्रमा छुट्टै नाम राख्न सफल चर्कित गायक लक्ष्मण खड्का , लक्ष्मी बस्नेत ,जीवन परीयार लगायत राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजकले सबलपोस्टलाई जानकारी दिएको छ ।

बिगतका बर्षहरुमा समेत मानबिय सेवामा समर्पित इन्दिरा युवा क्लबले २०७४ सालमा मुटुमा प्वाल पारी आर्थिक अभाबले हस्पिटलको शैयामा छट्टपटाइरहेकी धुर्कोट गाउँपालिका वडा नम्बर ६ कि ११ बर्सिय बालिका निर्मला के.सिको लागि सहयोग जुटाइ अप्रेशन गराई निको पार्नमा क्लबले अतुलनिय भूमिका खेलेको थियो । साथै क्लबले अन्य स्थानिय स्तरमा अप्ठ्यारोमा परेका , गरीब बिपन्न एबम असहायलाई निरन्तर सहयोग गर्दै आइरहेको क्लबका सचिब कृष्ण के.सिले सबलपोस्टलाई जानकारी दिनुभयो । साथै क्लबले बिभिन्न स्थान बाट सहयोग गर्ने सहयोगी दाता संगै प्रबर्धक धुर्कोट गाउँपालिकालाई धन्यवाद ज्ञापन  एबम सम्पूर्ण जिल्ला बासी आमाबुवा, दाजुभाई एबम दिदीबहिनिहरुमा निमन्त्रणा गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया