आदिवासी दिवश भव्य बनाउन १०० बस परिचालन गरिंदै

प्रकाशित मिति:

२४ औं विश्व आदिवासी दिवसको अवसरमा बुटवलमा हुने कार्यक्रम सफल बनाउने उद्धेश्यले नागरिकहरुको सहजताका लागि सय वटा बसहरु परिचालन हुने भएका छन् । बुटवलमा भएको आदिवासी जनजातिको भेलाले दिवसमा हजारौ जनता उतार्न सय वटा बस परिचालन गर्ने निर्णय गरेको हो । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्,रुपन्देहीले बुटवलको मिडिया चोकमा९ट्राफिक चोकमा०जिल्ला व्यापी २४ औं विश्व आदिवासी दिवस–२०७५ मनाउंन लागेको हो ।दिवसमा १६ वटैं स्थानीय तहका वडा–वडाबाट आदिवासी जनजाति उतार्नका लागि व्यापक तयारी र बस परिचालन गर्ने भएको हो । ओमसतिया,शुद्धोधन,सिद्धार्थनगर,सियारी,कञ्चन,देवदह,तिलोत्तमा,बुटवल,सैनामैना लगायतका गाउं–नगरमा भेला सम्पन्न भई दिवसमा व्यापक सहभागिता जनाउनें निर्णय भएको महासंघका सचिव भिमबहादुर भुजेलले जानकारी दिनुभयो ।महासंघले दिवसका अवसरमा पत्रकार सम्मेलन,रक्तदान,छलफल,मुल कार्यक्रम गर्ने लगायत राखेको छ । महासंघले श्रावण २४ गते बुटवलको राजमार्ग चौराहास्थित लखनचोकबाट बिहान ११ं०० बजे बृहत आदिवासी जनजाति झांकीसहित र्याली निकाल्ने र उक्त र्यालीले बुटवल बजार परिक्रममा गरि बुटवलको मिडियाचोकमा पुगेर दिवस मुल कार्यक्रममा परिणत हुंने महासंघका अध्यक्ष दलबहादुर छन्त्यालले बताउंनुभयो ।कार्यक्रमलाई नेपाल आदिवासी जनजाति महासंघका पूर्व महासचिव डा।ओम गुरुङ,नेपाल मगर संघका केन्द्रीय सल्लाहकार केशव सूर्यवंशीमगर,एकल जातीय संघ–संस्थाका जनजाति नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।सरकारले प्रदेशको नामाकरण गर्दा आदिवासी जनजातिको पहिचान मेटिने गरि कार्य गरेको भन्दैं महासंघले दिवसलाई आन्दोलनको रुपमा मनाउंने तयारी गरेको हो ।