म खाडी आएको बेला उता तिमिलाई उठाएछ : अनुराग

प्रकाशित मिति:

जीवनमा कहिल्यै सुनिन खुशिका कुराहरु पनि।
यस्तै भलाकुसारी गरेर बस्दा हुन टुहुराहरु पनि।
……………..
खै कुन्नी कस्तो जमाना आयो र के के सुन्नु पर्छ।
बिहे गर्ने उमेर भयो भन्छन ससाना भुराहरु पनि।
…………………
म खाडी आएको बेला उता तिमिलाई उठाएछ।
खेर जाने भए तिम्रा लागि किनेका चुराहरु पनि।
…………………
जो ब्यक्ति पिठ्यु अघि,चिल्ला कुरा गरेर जान्छन।
तिनै ब्यक्तिले पिठ्युँबाट चलाउछन छुराहरु पनि।
…………………..
मैले त कर्णाली मात्रै भोकै छ भनेर सोच्ने गर्थे सधैं।
उस्तै भोकैभोकै रहेछन बझाङ र बाजुराहरु पनि।
…………………. 

 बिजय कुमार शाह (अनुराग)

     एता रुकुमबाट