एम्वुलेन्सले मनपरि भाडा असुले कारवाही गरिने

प्रकाशित मिति:

गोपिकृष्ण रेग्मी,स्याङजा स्याङजाको चापाकोट नगरपालिकाबाट चल्ने एम्वुलेन्स ले मनपरि भाडा असुले कारवाही गरिने भएको छ ।स् चापाकोट नगरपालिकामा सञ्चालनमा रहेका एम्वुलेन्सले व्यक्तिपिच्छे एक स्थानबाट अर्को स्थान सम्म जादा फरक फरक भाडा लिएको गुनासो आएपछि नगर प्रमुख शिव कुमार गिरीको निर्देशनमा भाडा दर घटाइएको छ ।

चापाकोट अस्पताल छ,चापाकोट नगरपालिकामा जम्मा २ वटा एम्वुलेन्स मात्र छन् ,तर उपयुक्त स्वास्थ्य उपचारका लागी कि पोखरा कि पाल्पा जानुपर्ने बाध्यता छ । नगरपालिकामा भएका एम्वुलेन्सले चापाकोट वाट व्यक्ती पिच्छे फरक फरक भाडा लिएको स्थानियको गुनासो आएको थियो । नगर प्रमुख शिव कुमार गिरीले भन्नुभयोः हरेक विरामीले एकै भाडादरमा एम्वुलेन्सको प्रयोग गर्न पाउनुपर्छ, अवदेखी पोखरा पुगेको ४६ सय भाडा दर कायम गरिएको छ ।चापाकोट अस्पतालको एम्वुलेन्सले अब देखि प्रति किलोमिटर २५ रुपिया लिने छ । ठाउ अनुसारको निश्चित भाडा कायम गरिएको छ ,यदि कसैले तोकिए भन्दा बढी भाडा असुलेको पाइएमा कानुनी कारवाही गरिने नगर प्रमुखले जानकारी गराउनु भएको छ ।