देशका मालिक नेता होईन जनता हुन् त्यसैले सस्तो बोलीको खेती बन्द गर्नुहोस् : नेता खांण

प्रकाशित मिति:

नेपाली कांग्रेसले मंगलबार देशैभरी सरकारविरुद्ध प्रदर्शन गरेको छ । देशका ७७ जिल्लाकै जिल्ला कार्यसमितिको आह्वानमा जिल्ला सदरमुकामहरुमा विरोध प्रदर्शन गरिएको हो । सरकार अधिनायकवाद भएको र कर बढाएर जनतालाई भार थोपरेको भन्दै कांग्रेसले देशब्यापी विरोध कार्यक्रम गरेको हो । भैरहवामा पनि नेपाली कांग्रेसको आह्वानमा जुलुश निकालिएको थियो । जुलुश भैरहवाको बुद्धचोकबाट शुरु भएर नारायणथान, प्रहरीटोल, मिलनचोक हुदै पवन मिस्टान अगाडी आएर कोणसभामा परिणत भएको हो ।

र्याली पश्चात मिलन चोकमा भएको सभालाई काग्रेस केन्द्रिय सदस्य तथा तथा संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँण, नेता तथा प्रतिनिधि सभाका सदस्य भरत कुमार शाह, प्रदेश सभा सदस्य रमा अर्याल,नेता देवी प्रसाद चौधरी लगायतले सम्वोधन गर्दै वर्तमा सरकार दुई तिहाईको दम्भमा चलेको र संबैधानिक अधिकारहरु कुल्चिन थालेको आरोप लगाएका थिए ।
सभालाई सम्वोधनका क्रममा वर्तमार सरकार र प्रधानमन्त्रि केपी शर्मा ओली प्रति निकै आक्रामक रुपमा प्रस्तु हुनुभएका केन्द्रिय सदस्य तथा संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले प्रधानमन्त्रि ओलीलाई जथाभावी नबोल्न , जथाभाबि निणर्य नगर्न र जुनसुकै घटनामा पनि गोली नचलाउन चेतावनी दिनुभयो ।
उहाले भन्नुभयो अहिले ओली जीको गोली र बोली सस्तो भएको छ  बन्द गर्नुस ।
उहाले डा। गोबिन्द केसी अनसनमा बस्दा जुम्लामा अस्पतालमा गोली चलेको, चितवनमा ईरिक्सा चालक मजदुर माथी गोली चलेका भन्दै त्यस्ता कार्य जनताले नरुचाउने भन्दै बन्द गर्न सुझाउनुभयो ।

नेता खाँणले ओली प्रधानमन्त्रि बनेपछि देशमा बोली मात्रै सस्तो भएको अरु सबै महंगो भएको व्यंग्य गर्दै भन्नुभयो ‘अहिले बजारमा ओलीको बोली मात्रै सस्तो छ। त्यसैले मैले भन्छु, तपाईको बोली र तपाईले अधिकार माग्दा जनता माथी चलाउने गोली तत्काल नियन्त्रण गर्नुहोस्। ’
उहाले प्रधानमन्त्री ओली नेपालका मालिक बन्न खोज्नु कम्युनिस्ट सर्वसत्तावाद भएको आरोप समेत लगाउनुभयो।
सरकारलाई सन्देश दिन देशैभर पार्टीले सभा आयोजना गरेको बताउदै नेता खाँणले भन्नुभयोृ ‘सरकार वा कुनैपनि पार्टीका नेता मालिक हुदैंनन आम नेपाली जनता नै नेपालका मालिक हुन्। प्रधानमन्त्री जनताका सेवक हुन्।’

नेपाली जनतालाई मालिक बनाउनकै लागी जनताले ठुलो त्याग गरेका हुन्। एउटा परम्परावादी राजतन्त्रको अन्त्य गरेर कम्युनिस्ट अधिनायकवाद स्थापना गर्न त्याग र बलिदानी नदिएको उहाले बताउनु भयो । प्रधानमन्त्रीप्रति कटाक्ष गर्दै नेता खाणले भन्नुभयो, ‘हिजो राजतन्त्रको विरुद्धमा नेपाली जनताले आन्दोलन गर्दा बालकोटमा बसेर बयल गाढामा चढेर अमेरिका पुग्नु र नेपालबाट राजतन्त्र हटाउनु उस्तै हो भन्नुहुन्थ्यो। आज त्यहि आन्दोलनको जगमा परिवर्तन भएपश्चात बनेको सरकारको प्रधानमन्त्री बन्नुभएको छ। ’

सभालाई सम्बोधन गर्दै कांग्रेस नेता तथा प्रतिनिधि सभाका सदस्य भरत कुमार शाहले नेकपाको सरकारले देशमा महंगी मात्रै बढाएको बताउनु भयो । उहाले भन्नुभयो‘ओली सरकारले २७ पटक महंगी बढाईसक्यो। जनतालाई आकुल व्याकुल पारेको छ। ’
महिला नेतृ तथा प्रदेश सभा सदस्य रमा अर्यालले ओली सरकारका जिम्मेवार नेताहरुले देशैभरीका महिलाहरुको अस्मितामाथी हमला गरेको अरोप लगाउदैं समयक्रममा नेपाली महिलाले त्यसको जवाफ दिने बताउनुभयो।
नेता देवी प्रसाद चौधरीले नेकपाको सरकार कम्युनिस्ट सर्वसत्तावाद तर्फ अगाडी बढेको जनाउदैं त्यसलाई नियन्त्रण गर्न कांग्रेस अगाडी बढेको बताउनु भयो।

सभा पार्टी जिल्ला सभापति अब्दुल रज्जाकको सभापतित्व , उपसभापति फणेन्द्र शर्माको स्वागत र सचिव रामकृष्ण खाँणको सञ्चालनमा भएको थियो ।