अवैध शिशु जन्माएर घर नजिकै फालेपछि एक महिलाले गरिन आत्महत्या

प्रकाशित मिति:

स्याङ्जा । भीरकोट नगरपालिका ७ की एक महिलाले अवैध शिशु जन्माएर घर नजिकैको बारीमा फालेपछि आफूले पनि आत्महत्या गरेकिछन् । स्थानीय गम्वर बहादुर अधिकारीको बारीमा नवजात शिशु मृत अवस्थामा फेला परेको सुचना पाएपछि घट्ना स्थलमा पुगेको प्रहरीले छिमेकी वेगबहादुर अधिकारीको मलखातमा सालनाल भेटाएको थियो ।

जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रवक्ता प्रहरी नायव उपरिक्षक नविनकृष्ण भण्डारीका अनुसार वेग वहादुर अधिकारीकी २२ वर्षीया छोरी स्नेहाले अवैध सम्वन्धवाट वच्चा जन्माएर गाडेको र आफुले पनि आत्महत्या गरेककी हुन् ।आफ्नै गोठमा स्नेहाले चुन्नीको पासो लगाई छट्पटाई रहेको अवस्थामा स्थानियले देखेपछि हसियाले चुन्नी काटेर उनलाई उपचारका लागि वालिङ प्रथामिक स्वास्थ्य केन्द्रमा ल्याउदै गर्दा उनको मृत्यु भएको हो । शिुशु र स्नेहाको शवलाई पोष्मार्टम पछि परिवारलाई बुझाएको प्रहरीले जनाएको छ ।

स्नेहाले अवैध रुपमा शिशु जन्माए पश्चात आफूले पनि मृत्यूवरण गर्न पुगेको प्रहरीले जनाएको छ । शिशुको थप पहिचानको लागि डिएनए परिक्षणका लागि नुमना संकलन गरीएको प्रवक्ता भण्डारीले जानकारी दिए । यसवारे थप अनुसन्धान भईरहेको जानकारी भण्डारीले दिए । यता वालिङ प्राथमिक स्वास्थ्य केन्द्रले पनि स्नेहाले वच्चा जन्माएको पोष्टमार्टमा देखिएको जनाएको छ ।स्वास्थ्य केन्द्रका डाक्टर सुवास पौडेलका अनुशार पोष्टमार्टमा स्नेहाले वच्चा जन्माएको देखिन्छ तर उनको वच्चा हो वा होईन भन्ने विषयमा डिएनएको परिक्षण पश्चात मात्रै पत्ता लाग्ने छ । शिशु जिवित वा मृत जन्माएको भन्ने विषय भने खुलीसकेको छैन । दुवै शवलाई वेगबहादुर अधिकारीको जिम्मा लगाएको प्रहरीले जनाएको छ । यस विषयमा थप अनुसन्धान भईरहेको बताइएको छ ।